logo
२०८० चैत्र १५ बिहीवार



कोरोनाभाइरसले तीन लाख ४८ हजारको मृत्यु, सङ्क्रमित हुने झण्डै ५६ लाख

अन्तर्राष्ट्रिय |


कोरोनाभाइरसले तीन लाख ४८ हजारको मृत्यु, सङ्क्रमित हुने झण्डै ५६ लाख


जेनेभा, जेठ १३ गते । कोरोनाभाइरसका कारण विश्वभर झण्डै तीन लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या करिब ५६ लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मङ्गलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर तीन हजारको ज्यान गएको छ ।
विश्वभर करिब ५३ हजार १६६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख २१ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरू 

विश्वभर ५५,९१,६७७ २३,६८,०१६ ३,४७,९४४
क्र.सं. देशहरू कुल सङ्क्रमित निको भएका कूल मृत्यु
१. संयुक्तराज्य अमेरिका १७,०६,२२६ ४,६४,६७० ९९,८०५
२. बेलायत २,६१,१८४ – ३६,९१४
३. इटाली २,३०,१५८ १,४१,९८१ ३२,८७७
४. फ्रान्स १,८२,९४२ ६५,१९९ २८,४३२
५. स्पेन २,८२,४८० १,९६,९५८ २६,८३७
६. ब्राजिल ३,७६,६६९ १,५३,८३३ २३,५२२
७. बेल्जियम ५७,३४२ १५,२९७ ९,३१२
८. जर्मनी १,८०,७८९ १,६२,००० ८,४२८
९. मेक्सिको ७१,१०५ ४९,८९० ७,६३३
१०. इरान १,३७,७२४ १,०७,७१३ ७,४५१
११. क्यानाडा ८५,७११ ४४,६३८ ६,५४५
१२. नेदरल्यान्ड्स ४५,४४५ – ५,८३०
१३. चीन ८२,९९२ ७८,२७७ ४,६३४

दक्षिण एसियाली मुलुकहरू 

१.भारत १,४५,४५६ ६०,७०६ ४,१७२
२. पाकिस्तान ५७,७०५ १८,३१४ १,१९७
३. बंगलादेश ३५,५८५ ७,३३४ ५०१
४. अफगानिस्तान ११,८३१ १,१२८ २२०
५. श्रीलंका १,१८२ ६९५ १०
६. माल्दिभ्स १,३९५ १५५ ४
७. नेपाल ६८२ ११२ ४
८. भुटान २७ ६ –

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?