logo
२०८१ बैशाख ८ शनिवार



बुटवलबाट निको भएर फर्किए दश संक्रमित

स्वास्थ्य |


बुटवलबाट निको भएर फर्किए दश संक्रमित


दीपक ज्ञवाली
बुटवल,बैशाख १० गते । प्रदेश ५ मा कोरोना संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ । तर अर्को खुसीको खबर,कोरोना युद्धलाई जितेर घर फर्किनेहरुको संख्या पनि बढिरहेको छ । नेपालगञ्जमा २१ जनाले कोरोनालाई जितेर हर्षोल्लास मनाउँदै घर फर्किएको भोलिपल्ट शनिबार बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना संक्रमित निको भएर घर फर्किए ।
अस्पतालका अनुसार निको भएर फर्किएकाहरु कपिलवस्तुका हुनुहुन्छ । जो भारतबाट लुुकिछिपी आएको कपिलबस्तु प्रशासनले जनाएको थियो । अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाका अनुसार संक्रमितहरू मुक्त भएर घर फर्किंदा निकै हर्षमा हुनुहुन्थ्यो । यस अघि यही अस्पतालबाट रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर जानु भएको थियो । संक्रमित बढिरहेको यो प्रदेशमा मुक्त भएर फर्किनेहरु बढेपछि मुख्यमन्त्री शंकर पोखरेलले समेत सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै उहांहरुलाई बधाई दिनु भएको छ । दुई सय ७० भन्दा धेरै संक्रमित यो प्रदेशमा कोरोना युद्ध जित्नेहरुको संख्या ३२ पुगेको छ भने ज्यान गुमाउनेको संख्या दुई रहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?