logo
२०८१ बैशाख ५ बुधवार



मस्को नजिक हेलिकप्टर दुर्घटनाग्रस्त

अन्तर्राष्ट्रिय |


मस्को नजिक हेलिकप्टर दुर्घटनाग्रस्त


मस्को, जेठ ७ गते । रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ताले हेलिकप्टरका ब्लाकबक्स भेटिएको बताएका छन् ।

मस्कोको बाहिरी क्षेत्रमा पर्ने क्लिन शहरबाट करिब २० किलोमिटर टाढा तालिमका क्रममा हेलिकप्टर मंगलबार दुर्घटनाग्रस्त भएको थियो । रसियाली रक्षा मन्त्रालयले हेलिकप्टरमा विस्फोटक पदार्थ नरहेको जनाएको छ ।
प्रारम्भिक विवरणमा उक्त दुर्घटना प्राविधिक कारणबाट दुर्घटना भएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?