logo
२०८० चैत्र १६ शुक्रवार



ट्रम्पको आग्रहपछि भारतले औषधी निर्यात प्रतिबन्ध हटायो

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


ट्रम्पको आग्रहपछि भारतले औषधी निर्यात प्रतिबन्ध हटायो


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २६ गते । भारतले प्रतिबन्ध लगाएको औषधीको निर्यात खुला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस विरुद्धको लडाईमा “गेम चेन्जर”को संज्ञा दिनुभएको हाइड्रोक्सीक्लोरोक्वीन औषधीको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले हाइड्रोक्सीक्लोरोक्वीन औषधीको आपूर्ति गर्न भारत समक्ष आग्रह गर्नुभएको भोलीपल्ट भारतले निर्यात खुला गरेको हो । हाइड्रोक्सीक्लोरोक्वीनको भारत विश्वकै सबैभन्दा ठूलो निर्यातकत्र्ता हो । भारतले उक्त औषधीको आपूर्ति नगरे प्रतिशोधको स्थान बन्ने चेताबनी समेत ट्रम्पले दिनुभएको थियो । भारतले निर्यात खुला गरे लगत्तै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सञ्चित मात्राले निर्यातको परिमाण निर्धारण गर्ने उल्लेख गर्नुभयो । कोरोना प्रभावित करिब ३० राष्ट्र भारत समक्ष उक्त औषधीको आपूर्ति गर्न प्रस्ताव गरेको छ । औषधी विज्ञले भने हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग कोरोनाभाइरस संक्रमितमा गर्न सकिने सम्बन्धमा प्रष्ट धारणा राखिसकेको छैन् । उक्त औषधी मलेरिया विरुद्ध प्रयोग हुँदै आएको छ । अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले भने कोरोनाभाइरस विरुद्ध हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग गर्न अनुमित दिइसकेको छ ।
चिकित्सकहरुले भने हाइड्रोक्सीक्लोरोक्वीनको खुराक बढी भए शरीरमा अर्को उपद्रव हुनसक्ने भन्दै सचेत गराउँदै आएका छन् । कोरोनाभाइरसको विश्वब्यापी संक्रमण तिब्र रफ्तार बढ्दै जाँदा भारतले मार्च दोस्रो साता पारासिटामोलसहित ज्वरोमा सेवन गरिने करिब एकदर्जन बढी औषधीको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?