logo
२०८० चैत्र १६ शुक्रवार



नगरपालिकाद्वारा सहुलियत मूल्यमा तरकारी उपलब्ध गराइदै

खुला |


नगरपालिकाद्वारा सहुलियत मूल्यमा तरकारी उपलब्ध गराइदै


लहान समाचारदाता
लहान,चैत २२ गते । लहान नगरपालिकाले लकडाउनको पालना गराउन नगरवासीलाई टोला टोलामा गएर तरकारी उपलब्ध गराउन थालेको छ । तरकारी बजारमा विहान वेलुका तरकारी बजारमा हुने भीड र मनोमानी मूल्यमा उपभोक्राहरुलाई तरकारी खरिद गर्नुपर्ने समस्या समाधान गर्न नगरपालिकाले किसानले उत्पादन गरेको तरकारी खरिदकै मूल्यमा उपलब्ध गराउन थालेको हो ।

लहानको लोकतान्त्रिक चोकमा लहागे तरकारी बजार र नयाँ बजारमा सोमवार र शुक्रबार लाग्ने ठूलो तरकारी बजारमा भीड नियणत्रण हुन नसकेको र मनोमानी मूल्यमा तरकारी खसरद गर्न उपत्तोक्ताहरु बाध्य भएपछि लहान नगरपालिकाले यस्तो विधि अपनाएको नगरप्रमुख मुनि साहले बताउनुभयो ।

उहाँको अनुसार लहान नगरपालिकाको एक देखि दस नम्बर सम्मको वडा शहरी क्षेत्रमा लकडाउन पालना गराउन प्रहरी प्रशासनलाई समेत हमेहमे परिेपछि यस विधिलाई शुक्रबारदेखि प्रयोगमा ल्याइएको हो । तरकारी खरिद गर्ने ठाँउमा सामाजिक दुरीमा रहेर खरिद गर्नुपर्ने नियम समेत लागु गरिएको छ ।

नगरपालिकाले सहुलियत मूल्यमा तरकारी उपलब्ध गराएर राम्रो अभ्यासको सुरुवात गरेको लहान १ का समाजसेवी शंकर प्रसाद गुप्ताले भन्दै किराना सामानहरुमा पनि कालावजारी नियणत्रणको लागि समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

किराना उपभोग्यका सामानहरुलाई समेत होम डेलिभरी सेवाको लागि उद्योग बाणिज्यसंघ लहान सिरहासँग समन्वय गर्न लागि परेको नगरप्रमुख साहले भन्दै लकडाउनको पूर्ण पालना र भइरहेको कालाबजारी अन्तय गर्न समेत पटक पटक सुचना नगरपालिकाबाट जारी भइरहेको बताउनुभयो ।

लहान नगरपालिकाका २४ वटै वडाका ज्याला मजदुर परिवारहरुको तथ्याङक संकलन भैसकेकोले प्रति परिवार पहिलो चरणमा पन्ध्रसय जतिको खाद्यान्न र केहि नगद समेत राहत वितरण गर्न नगरपालिकाकाले एक करोडभन्दा बढी रकम राहत कोषमा जम्मा गरी स्थानीय उद्योगी व्यापारीलाई समेत कोषमा सहयोग गर्न अहवान गरि सकेको लहान नगरपालिकाका प्रशासकीय प्रमुख खेमनन्दन भुषालले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?