logo
२०८० चैत्र १५ बिहीवार



माग बमोजिमको मास्क उत्पादन गर्न कैदीबन्दी तयार

खुला |


माग बमोजिमको मास्क उत्पादन गर्न कैदीबन्दी तयार


अञ्जली थापा

चुरियामाई, चैत २० गते । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीले मास्क उत्पादन गर्न थालेका छन् । कारागार प्रशासनका अनुसार कारागारको सजाय भुक्तानी गर्नु अगाडिदेखि नै सिलाइ पेशामा रहेका सात कैदीबन्दीले मास्क उत्पादन थालेका हुन् ।

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि भीमफेदी कारागारका कैदीले मास्क उत्पादन गर्न थालेको बताइएको छ । उक्त कारागारबाट दैनिक दुई सयदेखि तीन सय मास्क उत्पादन हुने र हेटौंँडा तथा काठमांडौंँमा पठाइने गरेको कारागार प्रमुख जेलर प्रकाश खनालले बताउनुभयो । बजारमा रु ३० देखि रु ५० सम्मा बिक्री हुने मास्क कारागारले रु २० मा बिक्री गर्ने योजना बनाएको खनालले जानकारी दिनुभयो । माग भएमा दैनिक एक हजार मास्क उत्पादन गर्न सक्ने कैदीबन्दीको भनाइ छ ।

यसका साथै कारागारमा गलैंँचा, मुडा र बोधिचित्तको माला बुनाइलगायतक काममा कैदीबन्दी व्यस्त छन् । कारागारमा उत्पादन भएका सामग्रीहरु तेस्रो मुलुक निर्यात भए पनि कोरोनाले विश्वव्यापी आक्रमण गरेपछि भने हाल यी कार्य रोकिएको उहाँको भनाइ छ ।
बजारमा स्यानिटाइजरको माग उच्च
कोभिड—१९ को विश्वव्यापी महामारी फैलिएपछि भारतबाट आयातीत करीब रु एक करोडको स्यानिटाइजर बिक्री भएको उद्योग वाणिज्य संघ मकवानपुरले जनाएको छ । औषधि र किराना पसलमा गरेर उक्त रकम बराबरको स्यानिटाइजर बिक्री भएको संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।
करीब चार हजार किराना पसल दर्ता भएका र अझ दर्ता नभएका गरी सबैबाट स्यानिटाइजरको बिक्री भइरहेको उहाँको भनाइ छ ।
उद्योग सञ्चालनमा
सामान्य अवस्थामा निजी अस्पताल र शिशु भएका केही घरमा मात्र खपत हुने गरेको स्यानिटाइजर हाल बजारमा उच्च मागमा रहेको छ । भारतबाट आयात गरेर बिक्री गर्ने गरिएको स्यानिटाइजर बजारमा अभाव हुन थालेपछि र माग उच्च भएपछि हेटौंँडामा यसको उद्योग नै संचालनमा आएको छ ।
हेटौंँडा—८ का ५० वर्षीय ऋदयराज गौतमले तीन वर्षअघि घरेलुमा दर्ता गर्नुभएको ऋद्धिसिद्धि कस्मासिकल उद्योगले अहिले स्यानिटाइजर उत्पादन गरिरहेको छ । औषधिजन्य गुण भएका शृङ्गारका सामग्री उत्पादन गर्ने उद्देश्यले दर्ता गरिएको उद्योगले स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेको उद्योगका सञ्चालक गौतमले बताउनुभयो ।
उहाँले कच्चा पदार्थ भारतबाट समेत ल्याउनु नपर्ने बताउँदै चिनी मिलबाट अल्कोहल, हेटाँैंडा र वीरगञ्जबाट ग्लिसरिन, हाइड्रो प्याराअक्साइडलगायत खरिद गरिरहेको जानकारी दिनुभयो । गौतमको उद्योगले कोरोनाको संक्रमण विश्वव्यापी भएसंँगै २० हजार बोतल स्यानिटाइजर उत्पादन गरेर बिक्री गरेको बताएको छ । हेटाँैंडामा यसअघि भारतीय कम्पनीका स्यानिटाइजर मात्र बिक्री हुने गरेको र घरेलु उत्पादन शून्य थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?