logo
२०८० चैत्र १५ बिहीवार



छ सय पर्यटकको स्थानान्तरण, दुई सय पोखरामा

पर्यटन |


छ सय पर्यटकको स्थानान्तरण, दुई सय पोखरामा


जमुनावर्षा शर्मा

चिप्लेढुङ्गा, चैत २० गते । कोरोना संक्रमणको महामारी विश्वभरि फैलिएसँगै विभिन्न देशबाट पोखरा र आसपासका पदयात्रामा रहेका पर्यटक आआफ्नो देश फर्किने क्रम जारी छ । सन् १९१९ डिसेम्बर ३१( विसं २०७६ पुस १५) मा चीनको वुहान शहरबाट देखिएको कोरोनाले देश बाहिर घुम्न निस्केका पर्यटकलाई थप सास्ती भएको छ ।

सीमित स्रोतसाधन र निश्चित अवधिको अनुमति लिएर घुम्न निस्केका पर्यटकलाई एकाएक देखापरेको कोरोनाले निकै त्रसित बनाइरहेको छ । सरकारले यही चैत ११ गतेदेखि लकडाउन गरेपछि पर्यटकको उद्धारलाई विभिन्न सरोकार निकायले सहज बनाउँदै पर्यटकलाई पोखरादेखि काठमाडौंँसम्म पु¥याउने व्यवस्था मिलाउँदै आएका छन् । लकडाउनका अवधिमा हालसम्म पोखराबाट ६३० पर्यटक स्थानान्तरण गरिसकिएको छ । फ्रान्सेली दूतावासले आफ्ना ५८ नागरिकलाई बुद्ध एयर चार्टर गरेर काठमाडाँै लगेको थियो । त्यसयता श्री एयरलाइन्स र यति एयरलाइन्स तथा पर्यटक बसले पोखरामा अलपत्र परेका पर्यटकलाई काठमाडौंँसम्म लगेका थिए ।

पर्यटन प्रहरी पोखरा कास्कीका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले पोखरामा र आसपासमा रहेका पर्यटकलाई काठमाडौँ पु¥याइसकिएको बताउनुभयो । खनालका अनुसार बिहीबार पनि पोखराको बाराही चोकबाट करीब दुई सय पर्यटक काठमाडौँ जाने तयारीमा छन् । अझै पनि पोखराका सडकमा विदेशी पर्यटक हिँडिरहेको र केही पदयात्रातिर रहेको भन्ने सूचना प्राप्त भएको हुँदा पोखरामा अझै डेढ दुई सय पर्यटक हुन सक्ने उहाँको अनुमान छ । खनालले भन्नुभयो, “कहाँ कति हुनुहुन्छ यकिन भन्न सकिँदैन तर विभिन्न सूचना र पर्यटक ओहोरदोहोर गरिरहेको देख्दा डेढ दुई सयको हाराहारीमा हुनुहुन्छ कि भन्ने अनुमान छ ।”

ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन पश्चिमाञ्चल (टान) का अध्यक्ष हरि भुजेलले सरकारले लकडाउनको घोषणा गरे पनि पोखराका सडकमा पर्यटक बेफिक्री हिँडिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज लकडाउनको १० औंँ दिन पोखराका प्रायः सबै होटल रेष्टुरेण्ट बन्द छन् तर केही पर्यटक भने सडकमा समूहमै ओहोरदोहोर गरिरहेका छन् ।”
सम्बन्धित निकाय यस विषयमा मौन बसेकाले लकडाउनको उल्ङ्घन भएको उहाँको भनाइ छ । उहाँले पनि पोखरामा यताउता देखिरहने पर्यटककोे संख्या हेर्दा १५० देखि दुई सयसम्म हुन सक्ने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले सम्पर्कमा आएका पर्यटकलाई पोखरादेखि काठमाडौँसम्म स्थानान्तरण गरिइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, www.strandedinnepal.com मार्फत सबै पर्यटकका लागि फोरम बनाई सूचना संकलन गरेर पोखराबाट काठमाडौँसम्म सहज वातावरण बनाइरहेका छाँै, अब लगभग पर्यटक सकिए होलान् । उस्तै अवस्थामा सम्पर्कमा नभएका छुटुफुट गरी करीब १५० देखि दुई सयको हाराहारीमा हुन सक्ने अनुमान गर्न सकिन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?