logo
२०८० चैत्र १६ शुक्रवार



चन्द्रागिरिका १५२ जना ‘होम क्वारेन्टाइनमा’

पढ्नै पर्ने |
खुला |


चन्द्रागिरिका १५२ जना ‘होम क्वारेन्टाइनमा’


काठमाडौँ, चैत २० गते । चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ ।

कारोना भाइरस९ कोभिड–१९ ०को सम्भावित जोखिमलाई ध्यान दिँदै सो नगरपालिकाले १५२ जनाको नामावली सङ्कलन गरेको हो ती सबैलाई ‘होम क्वारेन्टाइन’ राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका अनाथ, असाहय, गरिब र मजदूरका लागि राहत वितरण मापदण्ड तयार गरेको छ ।

नगरपालिकाले बनाएको मापदण्डअनुसार तीन जनाको परिवारलाई १० किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन रहेको छ । राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफूले गर्दै आएको काम, घरवेटीको नाम र घरबेटीको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । नगरपालिकाले थानकोटमा रहेको नगरस्तरीय अस्पताललाई क्वारेन्टाइन निर्माण गर्नका लागि छलफल गरिरहेको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले थानकोट अस्पताल र दहचोकमा रहेको मनमोहन अस्पताललाई क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

नगरपालिकाले उक्त दुई अस्पताललाई क्वारेन्टाइन बनाए झण्डै ५० क्षमताको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण हुनेछ । यस्तै, नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म र भित्री बजार क्षेत्रमा किटनाशक औषधि छर्किसकेको छ । चन्द्रागिरिमा कोठा लिएर बस्ने मजदूर तथा विद्यार्थीलाई सम्बन्धित व्यक्तिको घरसम्म पु¥याउनका लागि बसको व्यवस्थासमेत नगरपालिकाले मिलाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?