logo
२०८१ बैशाख १२ बुधवार



इटालीमा एक महिनामा एकै वृद्धाश्रमका ६३ जनाको मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


इटालीमा एक महिनामा एकै वृद्धाश्रमका ६३ जनाको मृत्यु
तस्विर-सीएनएन, इटालीमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित लाम्बार्डीस्थित एक शव गृह


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २० गते । इटालीको मिलान शहरस्थित एक वृद्धाश्रममा पछिल्लो एक महिनामा एक तिहाइ व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विश्वब्यापी महामारीको रुप लिएको कोरोना संक्रमणबाट सबैभन्दा बढी इटालीमा प्रभाव परेको छ ।
उक्त वृद्धाश्रमका प्रवक्ता सारा एराग्नोले एक सय ५० जना बस्दै आएको वृद्धाश्रमका ६३ जनाको मार्च महिना यता कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गर्नुभयो । उक्त वृद्धाश्रम मेडिग्लिया नगरको बोरोमामा अवस्थित छ । मार्च ३ मा उक्त वृद्धाश्रममा पहिलो मृत्यु दत्र्ता गरिएको थियो ।
मृत्यु भएको ६३ वृद्धमध्ये ३६ जनामा मात्रै कोभिड–१९ संक्रमणको परीक्षण गरिएकोमा सबैमा संक्रमणको पुष्टि भएको थियो । करिब १२ हजार जनसंख्या रहेको मेडिग्लिया गाउँ इटालीमा कोरोना भाइरसको केन्द्रबिन्दु रहेको लम्बार्डी नजिक पर्छ ।
इटालीमा करिब सात हजार वृद्धाश्रम तथा हेरचाह केन्द्र रहेको छ । सबै उपकरण तथा प्रशिक्षित स्वास्थ्य अधिकारी छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?