logo
२०८१ बैशाख १२ बुधवार



उपचार सामाग्री सेनाको विमानबाट विभिन्न भागमा पु-याइयो

स्वास्थ्य |


उपचार सामाग्री सेनाको विमानबाट विभिन्न भागमा पु-याइयो


पुरुषोतम खत्री
काठमाडौं, चैत १७ गते । चीनबाट ल्याइएको कोरोना संक्रमणको जाँच तथा उपचारका उपकरण नेपाली सेनाले देशका विभिन्न भागमा पु¥याइएको छ ।
नेपाली सेनाको स्काइ भ्यानले आजे सूर्खेत, धनगढी र विराटनगरमा ती सामाग्रीहरू पु¥याइ सकेको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
सो सामाग्री लिएर स्वस्थ्य राज्यमन्त्री नवराज रावत सुर्खेत जानु भएको थियो भने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ विराटनगर जानु भएको थियो ।
े केही अत्यावश्य सडकबाट पु¥याउन जोखिम हुनेखालका सामाग्री स्काइ भ्यानबाट देशका विभिन्न भागमा पु¥याएको र बाँकी सामाग्री सडक मार्गबाट पु¥याउन लागिएको सेनाको भनाइ छ ।
आज विहान ७ः३० बजे ती सामाग्री बोकेर धनगढी जाँदै गरेको सेनाको स्काइ भ्यानमा बीच बाटोमा त्यसमा रहेको केमिकलको गन्ध आए पछि विमान काठमाडौं फर्किएको भए पनि पुनः उडान गरी त्यसतर्फ पठाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?