logo
२०८० चैत्र १६ शुक्रवार



मुम्बईमा ८६ वर्षीय चिकित्सकको कोरोनाले मृत्यु, महाराष्ट्रमा मात्रै १५३ संक्रमित

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


मुम्बईमा ८६ वर्षीय चिकित्सकको कोरोनाले मृत्यु, महाराष्ट्रमा मात्रै १५३ संक्रमित
तस्विर- हिन्दुस्तान टाइम्स, भारतको मुम्बईस्थित सुनशान सीएसटी रोड


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । भारतको मुम्बईमा एकजना ८६ वर्षीय चिकित्सकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । मुम्बईस्थित सैफी अस्पतालमा कार्यरत चिकित्सकको शुक्रबार मृत्यु भएको हो ।
अस्पतालले एक वक्तब्य जारी गरी महाराष्ट्र स्वास्थ्य सतर्कता विभाग र मुख्यमन्त्रीलाई चिकित्सकको कोभिड–१९ को संक्रमणले मृत्यु भएकोबारे जानकारी गराएको उल्लेख गरेको छ । सिटी स्क्यानपछि कोरोना संक्रमणको पुष्टि भएपछि विशेषज्ञ चिकित्सकलाई हिन्दूजा अस्पतालको आईसोलेशन वाडमा रिफर गरिएको थियो ।
सैफी अस्पतालका निर्देशक डा. वर्णोन देसाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्य अधिकारी, बिरामी तथा कर्मचारीको पूर्ण स्वस्थ्य वातावरणको सुनिश्चित गरिएको जानकारी दिनुभएको छ । प्रेस ट्रष्ट अफ इन्डियाले चिनि र हृदयरोगका बिरामी समेत रहेका चिकित्सकका दुईजना आफन्त पछिल्लो दिनमा बेलायतबाट फर्केको उल्लेख गरेको छ ।
महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार शुक्रबार मात्रै २८ जना संक्रमित थपिएको छ । महाराष्ट्रको सांगलीमा मात्रै १५ जना संक्रमित फेला परेका छन् । राज्यमा कुल संक्रमितको संख्या १५३ पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८०९ पुगेको छ । मृतकको संख्या भने १८ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?