logo
२०८१ बैशाख ८ शनिवार



संक्रमितको परीक्षण गर्न ५० जना माग्दा २५० चिकित्सक तयार

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |
फिचर |


संक्रमितको परीक्षण गर्न ५० जना माग्दा २५० चिकित्सक तयार


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । भारतको महराष्ट्र राज्य कोभिड–१९ ले सबैभन्दा बढी संक्रमित राज्य हुन । करिब एकसय जना बढी संक्रमितको पुष्टि भइसकेको छ । बिरामीको उपचारका लागि मुम्बईको नगर निगमले चिकित्सकको अभाव झेलिरहेको छ । निगमले ५० जना चिकित्सक आपूर्ति गर्न भारतीय चिकित्सक संघलाई आग्रह गरेको थियो । भारतीय सञ्चारमाध्यम मुम्बई मिररका अनुसार चिकित्सक संघले नगर निगमलाई आवश्यक ५० चिकित्सक पूर्ति गर्न परिपत्र गरेको एक घण्टा नबित्दै २५० जना आवासीय चिकित्सकले उपचारमा संलग्न हुन स्वीकार गरेको छ ।
मुम्बईको नीजि अस्पतालमा काम गर्दै आएका सयौं चिकित्सक सात अक्षरको तलब बुझ्दै आएका छन् । तर कोभिड–१९ विरुद्धको संघर्षमा उनीहरुले एक महिनाका लागि मुम्बई नगर निगममा सेवा गर्ने जनाएका छन् । मुम्बईको नगर निगममा कार्यरत चिकित्सकले अनिवार्य १२ घण्टा सेवा गर्दै आएका छन् । चिकित्सकलाई घर जान अनुमित दिइएको छैन् । यद्दपी चिकित्सकको अभाव पुरा भएको छैन् । नगर निगमले सञ्चालन गरेको नागरिक अस्पतालमा कोभिड–१९ संक्रमितको उपचारका लागि ५० जना चिकित्सक आवश्यक रहेको जनाएको थियो ।
कोभिड–१९ संक्रमितको उपचारका लागि पहिलो लटको ११५ जना चिकित्सकलाई शुक्रबार प्रशिक्षण दिइदैछ । प्रशिक्षणपछि शनिबारदेखि कुर्ला अस्पताल, घाटकोपर राजवाडी अस्पताल, जोगेश्वरी ट्रमा सेन्टर र कान्दीबल्लीस्थित अम्बेडकर र बान्द्रास्थित भव अस्पतालमा परिचालन गरिनेछ ।
नगर निगमले एक साताभित्र १५ नयाँ अस्पताल थप्ने तयारी गरेको छ । बाँकीको चिकित्सकलाई उक्त नवनिर्मित अस्पतालमा खटाइनेछ । नगर निगमको अस्पतालमा भर्ना भएका १२४ जना कोभिड–१९ संक्रमितका लागि हाल २४ चिकित्सक, ४५ नर्स र ३१ जना सहयोगी कार्यरत छन् । अस्पतालमा दैनिक आठ सय बिरामी परीक्षणका लागि आउने गरेका छन् । जनवरी २४ पछि अहिलेसम्म कोभिड–१९ संक्रमणको आशंकामा करिब एक हजार ४०७ बिरामी अस्पताल पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?