logo
२०८० चैत्र १६ शुक्रवार



रौतहट जिल्लामा २४जना व्यक्ति क्वारेन्टाइनमा

स्वास्थ्य |


रौतहट जिल्लामा २४जना व्यक्ति क्वारेन्टाइनमा


सञ्जय कुमार मिश्र 
गौर ,चैत १३ गते । कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा संक्रमण फैलिन नदिन देश बाहिरबाट आएका २४जना व्यक्तिलाई क्वारेन्टाइृनमा राखिएको छ ।

कोरोना भाइरस महामारीको रुपमा फैलिएकोले संकमण फैलिन नदिन उद्येश्यले रौतहट जिल्लामा देश बाहिरबाट आएका २४जना व्यक्तिलाइ गौर नर्सिङ्ग ईन्टिच्युट स्थित क्वारेन्टाईनमा राखिएको हो ।

सिमावर्ती भारतको बंगलोर ,मुम्बर्इृ ,हरियाणा ,पंजाब दिल्ली लगायत बाह्य मुलुकबाट घर फर्केका २४जना व्यक्तिहरुलाई प्रत्यक्ष निगरानीकालागि क्वारेन्टाइृनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।
वैदेशिक रोजगारीको क्रममा फर्किएकाहरुलार्इृ निगरानीकालागि क्वारेन्टाईनमा राखिएको तथा उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि शंकास्पद व्यक्तिलाई राख्नकालागि रौतहट जिल्लामा १४ स्थानमा ४९९ बेडको क्वारेन्टाइन स्थापना कार्य त्रिव गतिले भैइरहेको जिल्ला प्रसाशन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले जानकारी दिनुभयो ।

नायब सुब्बा साहले दिनु भएको जानकारी अनुसार ४९९ बेड मध्ये अहिलेसम्म १८२बेडको क्वारेन्टाइन स्थापना कार्य सम्पन्न भैईसकेको बिहिवार साँमmसम्ममा ९५बेड स्थापना कार्य सम्पन्न हुने तथा २÷३ दिनमा २२२बेडको क्वारेन्टाईन स्थापना भईृ संचालनमा आउनका लागि तैयार हुन्छ ।

गौर र राजदेवी नपाको गौर नर्सिङ्ग ईन्टिच्युटमा ५० र सिया पैलेस होटेलमा ४० बेडको ,गरुडामा १० बेड ,दुर्गाभगवती गाउँपालिकामा ३० बेड ,चन्द्रपुर ,वृन्दावन ,गुजरा तथा गढीमाईको संयुत्त, रुपमा ८०बेडको शेर बहादुर दर्लामी खेल मैदानमा ,माधवनारायण नपा ५० बेड ,फतुवा विजयपुर नपामा १५ बेड ,राजपुर २९ ,परोहा २५ ,बौद्धीमाइृ १००बेड ,देवाही गोनाही ४० ,ईशनाथ नपामा ३० बेडको कवारेन्टाइन तयार हुने नायब सुब्बा साहले जानकारी दिनुभयो ।

यसैगरी मौलापर नगरपालिका तथा यमुनामार्इृ गाउँपालिकाले क्वारेन्टाइन स्थापना गर्न अमmैसम्म तैयारी नगरेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
कोभिड १९को संक्रमण फैलिन नदिन उद्येश्यले स्थानिय प्रसाशनले गरेको लकडाउनको तेश्रो दिन विहिवार रौतहट जिल्ला सुनसान रहेको छ ।

लकडाउनको उल्लघंन गर्नेलाईृ सुरक्षकर्मीले कडाईका साथ पालना गराउन लगाएपछि सदरमुकाम लगायत ग्रामिण भेगहरु समेत सुनसान रहेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस नेपालमा पनि संक्रमण फेला परेपछि सरकारले नेपालमा लाकआउट गर्ने निर्णय अनुसार जिल्ला प्रसाशन कार्यालय रौतहटले मंगलवारदेखि जिल्ला भरि लकडाउन गर्ने आदेश जारी गरेका थिए ।


फोटो क्यापसन ःदेश बाहिरबाट आएका व्यक्तिलार्इृ लागि गौर नर्सिङ्ग ईन्टिच्युटमा निगरानीका लागि राखिएको ।तस्विर सञ्जय कुमार मिश्र ÷गौर

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?