logo
२०८१ बैशाख ११ मंगलवार



कोरोना संक्रमित बोक्न तयारी अवस्थामा महिला एम्बुलेन्स चालक

फिचर |
पढ्नै पर्ने |


कोरोना संक्रमित बोक्न तयारी अवस्थामा महिला एम्बुलेन्स चालक


विष्णुप्रसाद पोखरेल

दमक, चैत १३ गते । झापाको दमक नगरपालिका र दमक अस्पतालले कोरोना भाइरसको संक्रमणको आंशका लागेका तथा क्वारेन्टाइनमा बस्न चाहानेहरुका लागि महिला चालक सहित चौबिसै घण्टा सेवा दिन एम्बुलेन्स तयार गरेको छ ।

जिल्लाकै एक्ली महिला एम्बुलेन्स चालक कमल गाँउपालिकाकी लीला बास्तोकोटीलाई पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) सहित तयार गरिएको दमक नगरपालिकाकी उपप्रमुख एवं दमक अस्पतालकी अध्यक्ष गीता अधिकारीले बताउनुभयो ।

हामीले बास्तोकोटीलाइ साहसीक महिला चालकको रुपमा लिएका छौ र उहाँ आफैले यस्तो विपतमा 'म सेवा गर्न तयार छु' भन्नु भएको हो, अधिकारीले भन्नुभयो । कोरोना भाइरसको संक्रमणको भयमा सबै घरभित्र बसेको अवस्थामा नगरबासीको ज्यान बचाउनका लागि खट्ने एम्बुलेन्स चालकको ब्याक्तिगत सुरक्षाको बिषयमा पनि आफुहरु सचेत रहेको अधिकारीले जनाउनु भएको छ ।

बास्तोकोटी छ महिना अघिदेखि नगरपालिकाद्धारा दमक अस्पतालको एम्बुलेन्स चालकको रुपमा रहनु भएको छ । एम्बुलेन्स चालक बास्तोकोटीले काठमण्डौमा १० बर्षसम्म टेम्पो चलाउनु भएको थियो । १८ बर्ष अन्य सवारी साधन चलाएर त्यसपछि एम्बुलेन्स चलाउन पाउदा मलाइ गर्व छ र अझ यो जटिल अवस्थामा सेवा गर्नु मेरो कर्तव्य पनि ठानेको छु, वास्तकोटीले भन्नुभयो ।

एम्बुलेन्स सेवा लगायत कुनै अत्यआवश्यक सेवा आवश्यक परेमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा ब्यवस्थापन डेक्सको टोल फ्रि नम्बरमा फोन गरेर जानकारी गराउन सकिने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो । ओलीका अनुसार पैसा नलाग्ने टोल फ्रि नगरपालिकाले ब्यवस्थापन गरेको छ । १६६०२३५८००० मा जुनसुकै समयमा पनि फोन गर्न सकिने ओलीले जनाउनुभयो ।

जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार दमकसहित जिल्लामा ६ वटा एम्बुलेन्स पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) सहित तयार अवस्थामा राखिएको छ । चौलागाईका अनुसार विर्तामोड, धुलाबारी, कनकाइ, बनियानी र भद्रपुर क्षेत्रका एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । चालकलाई एन–९५ मास्कसमेत उपलब्ध गराईएको चौलागाईले जनाउनुभयो ।

एम्बुलेन्सहरुले विरामीको अवस्था हेरेर क्वारेन्टाइन वा अस्पतालको आइसुलेसन जहाँ पुर्याउनु पर्ने हो त्यहाँ पुर्याउनेछन् । झापामा बुधबार बेलुकासम्ममा १८ वटा क्वारेन्टाईन बनेकाछन् । जसमा ४८ जना बसिरहेकाछन् । अधिकाँश १५ दिनयता विदेशबाट आएकाहरु रहेको बताईएको छ । अधिकाँश क्वारेन्टाइनहरुमा अस्पतालको बेड तथा त्यहि प्रकारका बेडहरु बनाएर राखिएको छ । स्थानीय तहहरुले आवश्यक बन्दोबस्तिका सामाग्रिहरु ब्यवस्थापन गरेकाछन् ।

झापा सहित आफ्नो कार्यक्षेत्रमा रहेका क्वारेन्टाइनमा रहने विरामीहरुको खाद्यन्न झापा बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको साहारा नेपाल सहकारी संस्थाले २० लाख रुपिया बजेट छुट्याएको बुधबार सार्वजनिक गरेको थियो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार क्वारेन्टाइनमा रहेका विरामीहरुको सबै बन्दोबस्त सम्बन्धित नगरपालिका तथा गाँउपालिकाले गर्नेछन् र गरिरहेकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?