logo
२०८० चैत्र १६ शुक्रवार

  कोराेना संक्रमणको तथ्य लुकाउन असंभव 



डब्लुएचओका दुई जना प्रयोगशालामा बस्छन्, नियमित रिर्पोटिङ् गर्छन्

स्वास्थ्य |
मुख्य समाचार |
पढ्नै पर्ने |


डब्लुएचओका दुई जना प्रयोगशालामा बस्छन्, नियमित रिर्पोटिङ् गर्छन्


सरोज ढुंगेल
काठमाडौं,चैत ८ गते । चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९ ) देखिएको छैन ।
तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको छ । नेपालमा कोरोना भाइरस देखिसकेपछि सरकारले लुकाएर लुकाउन सकिने विषय होइन । किनकी विश्व स्वास्थ्य संगठनको प्रत्येक्ष निगरानीमा कोरोना भाइरसको परीक्षण हुने गर्दछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले नेपालमा कोरोना भाइरस नआएको दाबी गर्दै समाज हल्लाको पछाडि लागेको बताउनुभयो । कोरोनाबारे जनचेतना र सही सन्देश भन्दा अफवाह फैलाउने काम धेरै भयो, निर्देशक डा. पाण्डेले भन्नुभयो,“सम्बन्धित विज्ञले भन्दा पनि अन्य व्यक्तिले कोरोना सम्बन्धमा बोल्दा अचम्म लाग्छ ।” उहाँले हल्लाको पछाडि नदौडन आग्रह गर्नुभयो ।
केन्द्रीय प्रयोगशालाका टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले कतिपय अनलाईन मिडियाले आफ्नो नाम लिएर कोरोना देखिएको भन्दै अनर्गल प्रचार गरीरहेको बताउनुभयो । उहाँले हालसम्म नेपालमा कुनै व्यक्तिलाई पनि कोरोना भाइरस नदेखिएको प्रष्ट पार्दै कोरोना लुकाएर नलुक्ने जानकारी दिनुभयो । उहाँले ५५८ जनाको कोरोना भाइरस परीक्षण गर्दा एक जनालाई पनि कोरोना नदेखिएको जानकारी दिनुभयो ।
यसकारण कोरोना भित्रिएको छैन नेपालमा
विश्वस्वास्थ्य संगठनका दुई जना कर्मचारी नियमित राष्ट्रिय प्रयोगशाला बस्ने गरेका छन् । उनीहरुले कोरोना आशंका गरिएका व्यक्तिको भिडियो, अडियो र फोटो खिचेर रेकर्ड राख्ने गर्दछन् । एक जना चिकित्सक र एक जना प्याथोलोजिष्ट नियमित रुपमा बस्ने गर्दछन् । उनीहरुले विश्व स्वास्थ्य संगठनलाई नियमित रुपमा रिपोर्ट बुझाउनुपर्ने हुन्छ । त्यसैले पनि अनर्गल प्रचारमा लागेर समय खेर फाल्नु र मनमा त्रास उब्जाउनुभन्दा सरकारको आधिकारीक सूचना हेर्नु उपयुक्त हुन्छ ।
चीनबाट आएका एक विद्यार्थीलाई देखिएको थियो कोरोना
दुइ महिना अघि अथात् माघ १० गते चीनबाट नेपाल आएका एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
चीनको हुवानबाट नेपाल फर्किएपछि शुक्रराज सरुवा रोग अस्पताल टेकु पुग्दा कोरोनाको आशंकामा उहाँको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो । त्यो बेला नेपालमा कोरोना भाइरस परीक्षण गर्ने कीट नभएको कारण हङकङमा परीक्षण गर्न पठाएको थियो ।
त्यो बेला पनि विश्व स्वास्थ्य संगठनको समन्वयमा कोरोना परीक्षण गर्न हङकङ पठाइएको थियो । माघ १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेरै चीनबाट आएक एक नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । कोरोनाको संक्रमण भएका विरामीलाई चिकित्सकको उच्च निगरानीमा राखेर उपचार गरी पूर्ण स्वस्थ भएपछि डिस्चार्ज गरिएको थियो ।
टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना भाइरसहरुको एउटा समूह रहेको बताउँदै यसबारे व्यापक रुपमा समाजमा अफवाह फैलाइरहेको बताउनुभयो । उहाँले कोरोनाले मानिसलाई सामान्य रुघाखोकीदेखि लिएर घातक संक्रमणसम्म गराउन सक्ने भन्दै वृद्धवृद्धा , दीर्घरोगीलाई कोरोनाले बढी संक्रमण गर्न सक्छ भन्नुभयो । चीनबाट सरु भएको कोरोना भाइरस पछिल्लो समय एकसय ८१ देशमा फैलिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?