logo
२०८० चैत्र १६ शुक्रवार



आँगनकै जडीबुटी शरीरलाई उपयोगी

स्वास्थ्य |
मुख्य समाचार |


आँगनकै जडीबुटी शरीरलाई उपयोगी


चाँदनी हमाल

काठमाडौँ, चैत १ गते । आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ ।
वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले बजारमा पाइने अनेक ब्रान्डका औषधिको भरपर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता
(इम्युनिटी पावर) बढाउन सक्ने प्रस्ट्याउनुभयो । पूर्वीय सभ्यताबाट निर्देशित आम नेपालीका घरमा विविध जडीबुटी पाइने भए पनि त्यसको सही उपयोग गर्ने बानी छैन ।
चिकित्सक शर्माका अनुसार गाउँघरतिर प्रयोग हुने जडीबुटीको प्रयोगमा चेतना जगाउनुपर्छ । उहाँले सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सक्छौँ भन्नुभयो । यदि यी कच्चा पदार्थ सहजै उपलब्ध नभएको खण्डमा यिनै जडीबुटीका तìव समावेश गरिएका औषधि वैद्यखानामा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो तर तिनको उपयोग गर्न चिकित्सकको सल्लाह लिनुपर्छ । त्योभन्दा बढी जनमानसमा लाभकारी र सहज रूपमा उपलब्ध हुने कच्चा जडीबुटीलाई प्राथमिकता दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
शर्माले आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसारका साथमा एक टुक्रा चन्दनको टुक्रा मिसाएर घरमै उमालेर बिहान बेलुका एक÷एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढ्छ, जुन ताजा हुन्छ र त्यसले दिने शक्ति शरीरले सहजै लिने जानकारी सुनाउनुभयो । यदि भाइरल लागिसकेको अवस्था छ भने पनि त्यसले भाइरलको मात्रा घटाउन ठूलो मद्दत गर्छ ।
देखासिकी जङ्क फुड खाँदा, रहनसहनबाट प्रभावित हुँदा छिटो सङ्क्रमणले छुन्छ । आफ्नै प्राकृतिक र स्वदेशी जीवनशैलीले मानव स्वास्थ्य बलियो बनाउन सकिने कुरा वैद्यखानाका विज्ञले स्पष्ट पारेका छन् ।
खोप र औषधि नभएकाले विश्वभर कोरोना भाइरसबाट कसरी बच्ने भन्ने चर्चा व्यापक छ । विश्वमै चिकित्सकले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै अहिलेको मुख्य सावधानी भनेका छन् । विश्व स्वास्थ्य सङ्गठनले शरीरमा एन्टीबडी बलियो बनाउँदै भाइरस नसर्ने उपाय अवलम्बन गर्न सुझाएको छ । सावधानीका सवालमा मास्क, स्यानिटाइजरको प्रयोग, हात धुने, नजिक नबस्ने जस्ता उपाय आधुनिक चिकित्साले सुझाएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने सवालमा आधुनिक चिकित्साले औपचारिक रूपमा गतिलो उपाय दिएको छैन तर स्थानीय जडीबुटीको सही उपयोगले कोरोना लगायतका भाइरससँग लड्न सक्ने शक्ति बढाउने दाबी आयुर्वेद क्षेत्रले बारम्बार गरेको छ ।

कोरोना बढी संवेदनशील
सिंहदरबार वैद्यखानाले विश्वमा फैलँदो रूपमा रहेको कोरोनाको लक्षण र यसविरुद्ध गर्न सकिने सम्भावनाका बारेमा अध्ययन गरिरहेको छ ।
उहाँले कोरोना अन्य फ्लु जस्तै हो तर यो हातले छुँदा, सम्पर्कमा आउँदा सर्ने र आठ÷नौ दिनसम्म वातावरणमा बसिरहने भएकाले अलि संवेदनशील देखिएको छ भन्नुभयो । जसले गर्दा यात्रा गर्दा, बिरामीको संसर्गमा जाँदा, उसले छोएका साधनमा छुँदा सर्ने प्रवृत्ति देखिएको उहाँ बताउनुहुन्छ ।
यो एक प्रकारको भाइरस भएकाले सामान्य सावधानी हुने उहाँ औँल्याउनुहुन्छ । बजारमा हल्ला चले जस्तो अतिरञ्जित नगर्न र हल्लाको पछि लाग्न नहुने उहाँले सुझाउनुभयो । जस्तै मदिरा तत्व भएका स्यानिटाइजरले हात धुनु भन्ने आशयलाई यो पिउनु भन्ने बुझ्नु भएन । जडीबुटी पनि अत्यधिक होइन मात्रा मिलाएर लिनुपर्छ । नेपाल लगायत देशमा यस्ता फ्लु र भाइरस पहिले पनि आइरहेका छन् तर अन्य भाइरसको तुलना गर्दा अरूको चार–पाँच दिनमा त्यो आफैँ हटेर जाने गथ्र्यो । कोरोनामा भने अलि लामो समय रहनसक्ने क्षमता रहेकाले बढी सावधान हुनुपर्ने उहाँ स्पष्ट पार्नुहुन्छ ।
उहाँका अनुसार कोरोनाले हाम्रै गाउँघर र सहरतिर देखिने रुघोखोकी सहितको फ्लु देखिने लक्षण बोकेका हुनाले स्थानीय जडीबुटीबाटै पूर्व तयारीमा समाधान खोजिनुपर्छ । सामान्य भनेर हेलचेत्र्mयाइँ गर्नुभन्दा सावधानी अपनाउनु नै मानवका लागि फाइदाजनक हुने उहाँ उल्लेख गर्नुहुन्छ । विशेष गरी वृद्धवृद्धा, गर्भवती महिला र बालबालिकालाई अझ बढी सचेत गराउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । घरेलु उपायसँगै प्रशस्त झोलिलो पदार्थ प्रशस्त सेवन गर्न सुझाउनुहुन्छ ।
वैद्यखानामा पाइने भिटामिन ‘सी’ भएका औषधि, च्यावनप्राश, तुलसी चिया, गुर्जोको चूर्ण, अमला चूर्ण, सितोपलादी लगायत एन्टी भाइरलका लागि प्रभावकारी हुने उहाँ सिफारिस गर्नुहुन्छ । यी पदार्थ अहिलेको अवस्थामा अझ बढी उत्पादन गर्नुपर्ने आवश्यकता देखिएको छ । हाल बजारमा ११५ प्रकारका औषधि वैद्यखानाले पु¥याइरहेकोमा अबदेखि १२५ प्रकारका औषधि पु¥याउने क्रममा रहेको छ । हर्रो, बर्रो, अमला, तुलसी, निशोथ जस्ता जडीबुटी र गुग्गुल, आविपित्तकर चूर्ण, सितोपलादी लगायत औषधि वैद्यखानामा अत्यधिक खपत हुने गरेको छ ।
देश भित्रकै प्राकृतिक स्रोतमा निर्भर रहे पनि पछिल्लो समय सितोपलादीको माग पूर्ति गर्न कठिन छ । रोल्पा, डोल्पा क्षेत्रमा मात्र पाइने यो जडीबुटी उपलब्ध सरकारी तहमै गराउन सके अझ सहज हुने वैद्यखानाले जनाएको छ । वैद्यखानाले नेपालमै उपलब्ध १५० भन्दा बढी प्रजातिका जडीबुटीको सङ्कलन, प्रशोधनसँगै औषधि बनाउन उपयोग गर्दै आएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?