logo
२०८१ बैशाख ११ मंगलवार



कोरोना भाइरसको प्रकोप विश्वब्यापी महामारी घोषित

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


कोरोना भाइरसको प्रकोप विश्वब्यापी महामारी घोषित


एजेन्सी
काठमाडौं, फागुन २९ गते । विश्व स्वास्थ्य संगठनले नोभल कोरोना भाइरसको प्रकोपलाई विश्वब्यापी महामारी घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरसको प्रकोपले विश्वमा एक लाख १८ हजार व्यक्ति संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या चार हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडहानोम ग्रेब्रेससले विश्वब्यापी महामारीको घोषणा गर्नुहुँदै कोरोना भाइरसले महामारी निम्तिने आफूले कहिले नदेखेको टिप्पणी गर्नुभयो । एकै समयमा कुनै रोग अनेकौं देशमा एकै पटक फैलिनुलाई महामारी भनिन्छ ।
विश्व स्वास्थ्य संगठनले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणलाई लिएर जनवरीमा विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो । संगठनले यसअघि सन् २००९ मा एच वान एन वान फ्लुलाई महामारी घोषणा गरेको थियो । जसमा विश्वब्यापी रुपमा हजारौं व्यक्तिको मृत्यु भएको थियो ।
चीनको वुहानबाट सुरु भएको संक्रमण पछिल्ला दिनहरुमा चीनमा स्थिर र घट्दो क्रममा रहेपनि यूरोपेली राष्ट्र, अमेरिका र मध्यपूर्वमा भने तिब्र रुपमा फैलिदो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?