logo
२०८१ बैशाख १२ बुधवार



चिनियाँ राष्ट्रपति सी कोरोना प्रभावित वुहान शहरमा

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


चिनियाँ राष्ट्रपति सी कोरोना प्रभावित वुहान शहरमा


एजेन्सी
काठमाडौं, फागुन २७ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना प्रभावित चीनको वुहान शहरको भ्रमण गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण सुरु भए यता राष्ट्रपति चिनफिङको यो पहिलो वुहान भ्रमण हो ।
सिन्हवाका अनुसार राष्ट्रपति चिनफिङले वुहान शहरमा भाइरस संक्रमणले महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएको सावधानीको नीरिक्षण गर्नुभएको हो । उहाँ मङ्गलबार हुवेइ प्रान्तको वुहान पुग्नुभएको हो । राष्ट्रपति चिनफिङले भ्रमणको क्रममा स्वास्थ्य अधिकारी, सैन्य जवान, सामुदायिक कार्यकत्र्ता, प्रहरी अधिकारी, स्वयंसेवक समूहसँगै भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न परिचालन भएका व्यक्तिहरुसँग भेटघाट गर्नुहुनेछ ।
सिन्हवाका अनुसार मङगलबार नै उहाँले बिरामी र सर्वसाधारणलाई पनि भेट्नुहुनेछ । यसअघि उहाँ वेइजिङस्थित कोरोना संक्रमितलाई भर्ना गरिएको अस्पतालको नीरिक्षण गर्नुभएको थियो ।
चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोना भाइरस संक्रमितको संख्या चीनमा मात्रै हालसम्म ८० हजार ७५४ जना रहेको पुष्टि भएको छ । जसमध्ये वुहान शहर राजधानी रहेको हुवेइ प्रान्तका ६७ हजार ७६० जना छन् । चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म तीन हजार १३६ जनाको मृत्यु भइसकेको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार हुवेइ प्रान्तमा मात्र १७ जना नयाँ संक्रमितको पुष्टि भएको छ । थप दुईजना चीनकै अर्को शहरका हुन् ।
चीनमा हप्तौंसम्मको प्रयासपछि कोरोना संक्रमणको दर घट्दै गएको छ । प्रभावित क्षेत्रमा यात्रामा प्रतिबन्धसँगै विश्वबाट अलग पर्दै आर्थिक रुपमा ठूलो क्षतिमा बेहोरेपछि कोरोना संक्रमण कम हुँदै गएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?