logo
२०८१ बैशाख १३ बिहीवार



इटालीमा २४ घण्टामा ४९ संक्रमितको मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


इटालीमा २४ घण्टामा ४९ संक्रमितको मृत्यु


एजेन्सी
काठमाडौं, फागुन २४ गते । इटालीमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९७ पुगेको छ । पछिल्लो २४ घण्टामै इटालीमा ४९ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वब्यापी रुपमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक लाख पुगेको छ । इटालीमा मात्रै संक्रमितको संख्या चार हजार छ सय पुगेको छ । कोरोना भाइरसको उत्पत्ति भएको चीन बाहिर यति धेरै संख्यामा भाइरसको संक्रमण मृत्यु हुने इटाली पहिलो राष्ट्र हो ।
शुक्रबार अधिकारीहरुले मृतकको संख्या घोषणा गर्दै २४ घण्टामा ४९ जनाको मृत्यु भएको जनाएको छ । सरकारी तथ्याङ्क बमोजिम संक्रमितको मृत्युदर ४.२५ प्रतिशत पुगेको छ । जुन विश्वमै सबैभन्दा बढी हो । मृत्यु भएकामध्ये ७२ प्रतिशत पुरुष संक्रमित रहेको बीबीसीले जनाएको छ । यसै साता सरकारले दश दिनका लागि जम्मै विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?