logo
२०८१ बैशाख ८ शनिवार



दर्शकको अनुपस्थितिमा मात्रै खेल्न इटालीमा सरकारी निर्देशन

स्वास्थ्य |
खेलकुद |


दर्शकको अनुपस्थितिमा मात्रै खेल्न इटालीमा सरकारी निर्देशन


एजेन्सी
काठमाडौं, फागुन २२ गते । इटालीमा सेरीसहित सबै खेलकूद स्पर्धा ‘इन्डोर’ हुने भएको छ । इटाली सरकारले कोरोना भाइरस संक्रमण फैल्ने त्रासमा अप्रिल तीनसम्मका लागि निर्धारित सबै खेल ‘इन्डोर’ गर्न निर्देशन दिएको छ ।
इटाली कोरोना भाइरसको उच्च जोखिममा परेको छ । बिहिबारसम्म करिब तीन हजार ९० जनामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । १०७ जनाको भाइरस संक्रमणले मृत्यु भएको छ ।
इटाली कपमा जुभेन्ट्स र एसी मिलान तथा नपोली र इन्टर मिलानबीचको सेमीफाइनल खेल संक्रमणको जोखिमले स्थगन गरिएको छ । बुधबार राति इटाली सरकारले सबै खेलहरु ‘इन्डोर’ गर्न निर्देशन दिएको छ । जसले गर्दा इंग्ल्याण्डको पुरुष र महिला टोलीको ‘सिक्स नेशन्स कप’ प्रतियोगिता र सेरी ए का खेलहरु ‘इन्डोर’ गर्ने तयारी गरिएको छ ।
बिहिबार सिक्स नेशन्स कपमा सहभागी हुने राष्ट्रका प्रतिनिधिहरुसँग छलफल डाकिएको छ । ‘इन्डोर’ खेल्नुभन्दा तात्कालका लागि स्पर्धा स्थगित गर्ने निर्णय हुन सक्ने बीबीसीले जनाएको छ । सरकारले खेलकूद क्लबले आफ्ना खेलाडी र खेलकूद अधिकारीमा संक्रमणको अवस्थाबारे परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ ।
सरकारी वक्तब्यमा भनिएको छ, “संक्रमण फैल्न नदिन दर्शकको उपस्थितिमा कुनै प्रकारको खेलकूद गतिविधि हुने छैन् । यद्दपी दर्शकको अनुपस्थितिमा ‘इन्डोर’ र ‘आउटडोर’ खेल्न भने अनुमति दिइन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?