logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाबाट कसरी जोगिन सकिन्छ ? यस्ता छन् ७ टिप्स्

स्वास्थ्य |
पढ्नै पर्ने |


कोरोनाबाट कसरी जोगिन सकिन्छ ? यस्ता छन् ७ टिप्स्


गोरखापत्र अनलाइन

काठमाडौं, फागनु २० गते । विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) बारे धेरै मानिसमा भ्रम छ । यसको संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ डर एकातिर छ भने अर्कातर्फ यो कसरी एक मानिसबाट अर्कोमा सर्छ भन्ने बारे पनि धेरैलाई जानकारी छैन ।

यसको संक्रमणबाट कसरी बच्ने भन्ने बारे विश्व स्वास्थ्य संगठनले केही उपयोगी सुझवहरु दिएको छ ।

  • अलकोहल बेस हाइण्ड रब वा साबुन पानीले नियमित तथा विधिपूर्वक हात धुने । किनभने सावुन पानी वा अलकोहल बेस हाइण्ड रबले सफा गर्दा हातमा रहेको कोरोना भाइरस मर्छ ।
  • कुनै व्यक्तिलाई खोकी लागेको छ वा हाछिउँ गरी रहेको छ भने उ भन्दा एक मिटर अर्थात तीन फिट टाढै रहने । कसैले खोक्दा वा हाछिउँ गर्दा उसको मुख वा नाकबाट साना तरल कणहरू फैलन सक्छन् । त्यसमा भाइरस रहेको हुन सक्छ । यदि तपाईं त्यस्तो व्यक्तिभन्दा निकै नजिक हुनुहुन्छ र त्यो व्यक्ति संक्रमित रहेछ भने भाइरसयुक्त कणहरू स्वास मार्फत तपाईँको शरीरमा पुग्न सक्छन् ।
  • हातले आँखा, नाक र मुखमा छुने नगर्नुहोस्
  • किन ? हातले जताततै छुइने हुनाले त्यसमा भाइरस टाँसिन सक्छन् । यदि हातमा भाइरस टाँसिन पुग्यो भने त्यसबाट शरीरमा प्रवेश गर्न सक्छ र तपाईं विरामी पर्न सक्नु हुन्छ ।
  • तपाईं र तपाईंको वरिपरिको व्यत्तिले स्वासप्रश्वाससँग सम्बन्धित सरसफाई ठीक किसिमले गरेको छ भन्ने कुराको सुनिश्चित गर्नुहोस् । यसको अर्थ खोक्दा वा हाछिउँ गर्दा नाक र मुख पाखुराले वा टिस्यु पेपरले छोपेको होस् । यसरी मुख छोप्न प्रयोग भएको टिस्युलाई ततकालै नष्ट गर्नुहोस् ।
    छ। किन ? खोख्दा वा हाछिउँगर्दा बाहिर आउने तरल कणले भाइरस फैल्याउन सक्छन् । यस किसिमको सही स्वासप्रस्वास सफाइमा ख्याल दिदा रुवाखोकी लगायत कोभिड भाइरसबाट समेत बच्न सकिन्छ ।
  • यदि तपाईले असजिलो भएको छ भने घरमा नै बस्नुहोस । यदि ज्वरो आएको खोकी लागेको बा स्वास फेर्न अफ्ठयारो भएको छ भने चिकित्सककोमा जानुहोस् र उचित परामर्स लिनुहोस् । साथै स्थानीय स्वास्थ्य अधिकारीहरूले दिएको सुझावलाई पालना गर्नुहोस् ।
  • किन ? स्थानीय अधिकारीहरूलाई तपाईंको वरिपरिको अबस्थाका बारेमा ताजा जानकारी हुन सक्छ । चाँडै नै स्वास्थ्य सेवा प्रदायकलाई जानकारी गराउँदा तपाईंलाई सही स्वास्थ्य सेवा दिने ठाउँमा पठाउँछन् जसबाट तपाईंको रोग निको हुन्छ र अरुमा यो रोग फैलनबाट जोगिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?