logo
२०८१ बैशाख १३ बिहीवार



अमेरिकामा भाइरस संक्रमणले छजनाको मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


अमेरिकामा भाइरस संक्रमणले छजनाको मृत्यु


एजेन्सी
काठमाडौं, फागुन २० गते । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या छ पुगेको छ । अमेरिकाको वाशिंगटन राज्यमा थप चारजनाको मृत्यु भएको हो ।
बीबीसीका अनुसार कोभिड–१९ ले अमेरिकी भूमिमा मृत्यु भएको यो पहिलो घटना हो । वाशिंगटन राज्यमा साताको अन्तिम दिनदेखि संकटकालको घोषणा गरिएको छ । पाँचजनाको किंग काउन्टीमा मृत्यु भएको छ । उक्त क्षेत्रमा १८ जना संक्रमित रहेको पुष्टि गरिएको छ । किंग काउन्टी क्षेत्रमा गरिएको अध्ययनले उक्त क्षेत्रमा भाइरस हप्तौंदेखि फैलिएको हुनसक्ने जनाउँदै कम्तिमा एक हजार पाँचसय जना सम्भावित संक्रमित हुनसक्ने जनाएको छ ।
मृत्यु हुनेहरु बढी उमेरका थिए । बीबीसीले वाशिंगटनका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै मृत्यु हुने छ जना बढी उमेरका साथै उनीहरुको स्वास्थ्यमा पहिलेदेखि समस्या रहेको उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधी उत्पादक कम्पनीहरुसँग छलफल गर्नुभएको छ । उक्त छलफल कोरोना भाइरसको संक्रमण रोक्न खोप विकसित गर्नेबारे केन्द्रित थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?