logo
२०८१ बैशाख १२ बुधवार



चीनबाट फर्किए लगत्तै मंगोलियाका राष्ट्रपतिलाई ‘क्वारेन्टाइन’मा राखियो

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |
फिचर |


चीनबाट फर्किए लगत्तै मंगोलियाका राष्ट्रपतिलाई ‘क्वारेन्टाइन’मा राखियो


एजेन्सी
काठमाडौं, फागुन १६ गते । मंगोलियका राष्ट्रपति खाल्टमागिन बटुल्गा कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा बस्नुपरेको छ । उहाँले चीनको एक दिने भ्रमण गरेर फर्किएपछि क्वारेन्टाइनमा बस्नुपरेको हो ।
मंगोलियाको सरकारी समाचार संस्था मोन्टसेमका अनुसार राष्ट्रपति बटुल्गासँगै परराष्ट्र मन्त्री र केही सरकारी उच्च अधिकारीहरु बुधबार एकदिने भ्रमणको क्रममा चीन पुग्नुभएको थियो । चीन बसाइको क्रममा राष्ट्रपति बटुल्गाले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रिमियर ली केक्याङसँग भेटघाट गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुका अनुसार भ्रमण टोली बिहीबार मंगोलिया फर्कियो । फर्किए लगत्तै सावधानी स्वरुप राष्ट्रपति बटुल्गासहित भ्रमण टोलीमा सहभागी अधिकारीहरुलाई दुई हप्ते क्वारेन्टाइनमा राखिएको हो ।
मंगोलियाको सरकारी समाचार संस्थालाई उद्धुत गर्दै सीएनएनले राष्ट्रपति बटुल्गाले आफ्ना चिनियाँ समकक्षीसँग भेटघाटको क्रममा कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासहरुबारे छलफल गर्नुभएको उल्लेख गरेको छ । मंगोलियाले चीनलाई सहयोग स्वरुप ३० हजार भेडा प्रदान गर्ने घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?