logo
२०८१ बैशाख ८ शनिवार



दक्षिण कोरियामा कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु


एजेन्सी 
सोल, फागुन ११ गते । दक्षिण कोरियामा कोरोना भाइरको सङ्क्रमण तिब्र रुपमा फैलिएको छ । पछिल्लो ४८ घण्टामा ३५० जना नयाँ संक्रमित थपिएको पुष्टि भएको छ ।
केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५० नाद्देको छ । दक्षिण कोरियामा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । चीनको मुख्यभूमीबाहिर इरानमा पाँच जनाको मृत्युपछि सबैभन्दा बढी मृत्यु हुने दक्षिण कोरियामा हो ।
चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो शहरमा रहेको अस्पतालमा अरु १०० जना विरामी रहेका छन् । पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएको सीएनएनले जनाएको छ । । कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौंलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण फेब्रुअरी १० तारिखका दिन ६१ बर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिंदै गएको अधिकारीहरुले दाबी गरेका छन् । कोरियाको डाएगु सहर देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन्।
यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताउनु भएको छ ।
कोरोना भाइरसको संक्रमणले हालसम्म दुई हजार ४६१ जनाको मृत्यु भइसेको छ । ७० हजार ९३० जना संक्रमित भएका छन्। चीनको मुख्यभूमी बाहिर मृत्यु हुनेको संख्या २० पुगेको छ ।
इटालीमा संक्रमति हुनेको संख्या ७९ पुगेको छ । उत्तरी इटालीमा पछिल्लो दुई दिनमा संक्रमित हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?