logo
२०८१ बैशाख ८ शनिवार



यूक्रेनमा कोरोना भाइरस संक्रमितलाई उद्धार गरिएको बसमा आक्रमण

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


यूक्रेनमा कोरोना भाइरस संक्रमितलाई उद्धार गरिएको बसमा आक्रमण


एजेन्सी
काठमाडौं, फागुन ९ गते । यूक्रेनमा प्रदर्शनकारीले चीनबाट कोरोना भाइरस संक्रमितको उद्धार गरिएको बसमा आक्रमण गरेका छन् । उद्धार गरिएकाहरुलाई केन्द्रीय पोल्ताभा क्षेत्रस्थित नोभी सैन्झरी स्वास्थ्य ‘स्पा’मा लग्ने क्रममा बसमा आक्रमण गरिएको हो । स्वास्थ्य ‘स्पा’मा उद्धार गरिएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न लगिएको थियो ।
बिहिबार ४५ जना यूक्रेनी र २७ विदेशी नागरिकलाई वुहानबाट पूर्वी यूक्रेनको खारकिभमा उद्धार गरिएको थियो । छ वटा बसमा उनीहरुलाई नोभी सैन्झरीस्थित स्वास्थ्य ‘स्पा’मा लगिएको थियो । बसमा यात्रा गर्ने क्रममा उद्धार गरिएकाहरुमाथि प्रदर्शनकारीले ढुङ्गा र आगोको मुश्लोसहित आक्रमण गरेको हो । आक्रमणपछि प्रदर्शनीकारीले उक्त स्वास्थ्य ‘स्पा’सम्म पुग्ने प्रयास गरेको थियो । यूक्रेनी सुरक्षाकर्मीले उक्त स्वास्थ्य ‘स्पा’ जाने बाटो रोक्दै उद्धार गरिएकाहरुको बचाब गरेको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीलाई समानुभूति देखाउन जोड दिनुभएको छ । यूक्रेनको सुरक्षा सेवाले उक्त घटनाबारे छानबीन गरिरहेको छ । यूक्रेनमा कोरोना भाइरसको संक्रमणको पुष्टि भइसकेको छैन् । उद्धारमा ऐक्यबद्धता जनाउनुहुँदै यूक्रेनका स्वास्थ्य मन्त्री जोरयाना स्कालेत्स्काले क्वारेन्टाइनमा उद्धार गरिएकासँग समय बिताउने बताउनुभएको छ । उहाँले आफ्नो उपस्थितिले शान्ती ल्याउने विश्वास ब्यक्त गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?