logo
२०८१ बैशाख ११ मंगलवार



चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण
तस्विर साभार– वाशिंगटन पोष्ट


काठमाडौं,
फागुन ९ गते । कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ कारागारमा कैद रहेका कैदी पनि संक्रमित भएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरुले चीनको विभिन्न प्रान्तस्थित कारागारमा पनि यसको सङ्क्रमण देखिएको पुष्टि गरेका छ्न् । कोरोना भाइरसको संक्रमणले चीनमा हालसम्म मृत्यु हुनेको संख्या दुई हजार दुई सय नाघिसकेको छ ।

शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो । चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तस्थित रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकोले जनाएका छन् । कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार तथ्याङ्क सार्वजनिक गर्नुहुँदै नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा उक्त भाइरसको सङ्क्रमण देखिएकोे छ । डिसेम्बर महिनाको अन्त्यमा भाइरस देखा परेको मध्य प्रान्त हुबेईस्थित कारागारले बिहीबार २७१ कोरोना भाइरसको थप सङ्क्रमण देखिएको बताइएको छ ।
हुबेई प्रान्तमा बिहीबार ४११ व्यक्तिमा कोरोना भाइरसका नयाँ सङ्क्रमित देखिएको थियो । तर केही समयपछि कारगारमा देखिएको सङ्ख्यासहित ६३१ जनामा सो भाइरसको सङ्क्रमण देखिएको जानकारी दिइएको छ । भाइरसका कारण चीनको जनजीवन झन्भन्दा झन प्रभावित हुदै गएको बताइएको छ । यहाँका विद्यालयहरु बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न भनेको छ ।
त्यसैगरी, बिहीबार नयाँ ठाउँका दुई नयाँ अस्पतालमा यस सङ्क्रमणका विरामी देखिएपछि बेइजिङले पनि थप सतर्कता अपनाउनुपर्ने भनेको छ । बेइजिङका फक्सिङ अस्पतालमा ३६ जना विरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि विरामी परेका छन् । ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको सङ्क्रमण देखिएको बताइएको छ । यसअघि कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्य अधिकारीहरु समेत कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको थियो । लगत्तै वुहान अस्पतालका निर्देशकको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको थियो भने छ सयभन्दा बढी स्वास्थ्य अधिकारीहरुमा कोरोना भाइरसको संक्रमण पाइएको स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?