logo
२०८० चैत्र १६ शुक्रवार



सुनको मूल्यमा सामान्य गिरावट

अर्थ |


सुनको  मूल्यमा सामान्य गिरावट


काठमाडौँ, माघ १५ गते । स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला रु ४०० ले घटेको छ । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० कायम गरेको छ । मङ्गलबार सुनको मूल्य स्थिर रहेको थियो ।

सोमबार र मङ्गलबार छापावाला सुन प्रतितोला रु ७६ हजार र तेजाबी सुन प्रतितोला रु ७५ हजार ७०० मा खरिदबिक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु ८७० पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?