logo
२०८० चैत्र १५ बिहीवार

  गोरखापत्र अनलाइन समाचार प्रभाव 



पुम्फाको उपचारको बाटो खुल्यो ! एम्बुलेन्स लिन घरमै पुग्यो

पढ्नै पर्ने |


पुम्फाको उपचारको बाटो खुल्यो ! एम्बुलेन्स लिन घरमै पुग्यो


नेत्र शाही

जुम्ला (खलंगा), माघ १५ गते । स्तन क्यान्सरको आशंका गरिएकी तातोपानी गाउँपालिका २ जर्मी गाउँकी ज्येष्ठ नागरिक महिला पुम्फा परियारलाई अस्पताल पुगेर उपचार हुन नसकिरहेको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले एम्बुलेन्स घरमा लिई अस्पताल ल्याएको छ ।

गोरखापत्र अनलाइनले समाचार प्रकाशित गरेपछि उनलाई लिन एम्बुलेन्स घर पुगेको हो । आर्थिक अभावले अस्पताल पुग्न नसकेर घाउ बल्झिएको र अवस्था दर्दानाक भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले घरमै एम्बुलेन्स पु-याई अस्पतालमा ल्याई आधारभुत जाँच गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । प्रतिष्ठानका विशेषज्ञ डाक्टर सूर्यमान लिम्बुले पुम्फाको जाँच गर्नुभएको छ । उहाँलाई क्यान्सरको संकेत देखिएको छ तर मासु जाँच गर्नुपर्ने भएकाले भरतपुर क्यान्सर अस्पतालमा रिफर गरिएको डा. लिम्बुले जानकारी दिनुभयो ।

अस्पतालमै पुग्न नसक्ने अवस्थामा अस्पताल पु¥याएर जाँच गरेकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् । यसैगरी उहाँलाई कठिन अवस्था भएकाले प्रतिष्ठानले भरतपुर क्यान्सर अस्पतालमा रिफर गरेको छ । प्रतिष्ठानले बिरामी र कुरुवा सहित दुई जनालाई नेपालगंज सम्म जहाजको भाडा समेत उपलब्ध गराउने भएको छ ।

जुटदै सहयोगी हात

काठमाडौंसम्म उपचारका लागि पु¥याउन भने भाडा तथा उपचारका लागि सहयोग हुन थालेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पाँच हजार रुपैया प्रदान गर्नुभएको छ । यसैगरी काठमाण्डौबाट जुम्ली सेवा समाजमा आवद्ध विभिन्नले नौ ४ सय ६० रुपैया जुम्ला पठाएको छ । तातोपानी गाउँपालिका ३ को सरस्वती बमले तीज प्रदान गर्नुभएको छ । यसैगरी भारतमा काम गरिरहेका नरी परियारले २० हजार रुपैया पठाउनु भएको छ । कान्जिरोवा होटलका प्रोपाईटर नुर्वलामाले पाँच हजार, स्थानीय देपालगाउँका उमा क्षेत्री एक हजार प्रदान गर्नुभएको छ ।

तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाईको स्तन क्यान्सर बल्झिदै जादा समस्या भएको छ । पुम्फालाई ३ बर्ष देखी स्तन क्यान्सरले सताईरहेता पनि आर्थिक अभावले पिरोली रहेकाले र केही उपाय नभएकाले ३ बर्ष देखी घरमै बस्न वाध्य भएकी थिईन । १५ हजार भाडा नपाएर अड्कनु भएको ुम्फालाई यातायात खर्च जुटेपछि काठमाण्डौका लागि जिल्ला पठाईएको छ ।

यस अघि अवस्था दर्दानाक भएपछि उपचारै नपाई मर्नुपर्ने अवस्था भएको पुम्फाले रुदै गुहार गर्दै आउनु भएको थियो । अस्पताल जाने रकम र साहारा नभएपछि गुहार मागेकी पुम्फालाई गाडिनै लिएर अस्पताल पुरयाएपछि गहभरी आशु निकाल्दै बाच्ने आशा गरिएको बताउनुभयो ।

घाउको पिडाले २४ घण्टा पिडामा बिताई रहनु भएको उहाँको उपचारको वाटो खुलेको छ । घरमा साहाराको रुपमा पनि एक नाति वाहेक कोही नभएकाले अर्को शोकले पनि सताईरहेको उहाँले बताउनुभयो । श्रीमान खड्के दमाई मृत्यु भएको पनि २० वर्ष पुग्यो । एक बर्ष अघि छोरा ५० बर्षिय छोरा (कासे दमाई) को पनि मृत्यू भईसक्यो । ४० बर्षिय बुहारी बिसु दमाई पनि उपचार नपाई कमल पित्तको रोगले ग्रसित भएर मृत्यू भईसक्यो । उनको साहारा दिने एक नाति अहिले घरमा रहेको सागर परियारले जानकारी दिनुभयो ।

बाच्ने रहर हुँदा पनि आर्थिक अभाबले म गल्दै छु । सरकारले दिने भत्ताले औषधी किन्नै ठिक्क छ । तर पनि दुखाईले नछटपटिएको कुनै दिनरात छैन् उनले गुहार गर्दै आएकी छन् । यस अघि गोरखापत्र अनलाईनमा यो समाचार प्रकाशित भएको थियो ।

यो पनि पढ्नुहोस्

गरिबीको पीडाः उपचार हुन नसक्दा बल्झियो स्तन क्यान्सर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?