logo
२०८१ बैशाख १३ बिहीवार



दुई विरामीमा काेराेना भाइरस संक्रमण भेटिएन, विमानस्थलमा निगरानी

स्वास्थ्य |
राष्ट्रिय |


दुई विरामीमा काेराेना भाइरस संक्रमण भेटिएन, विमानस्थलमा निगरानी


सरोज ढुङ्गेल
काठमाडौं,माघ १४ गते । शुक्रराज सरुवा रोग अस्पतालमा कोरोना भाइरसको आशंकामा उपचार गरिएका दुई जना बिरामीलाई डिस्चार्ज गरिएको छ । उनीहरुमाा कोरोना भाइरस नभएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो ।
अस्पताल निर्देशक डा. वासुदेव पाण्डेले दुइजनामा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो । अर्का एक बिरामीको रिपोर्ट पनि नेगेटिभ आएको उहाँको भनाइ छ । चीनबाट आएका व्यक्तिको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो । चीनबाट फर्किएका एक विद्यार्थीमा यसअघि नै कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको थिया े।
नेपालमा पनि नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नियन्त्रणको लागि सरकारले आवस्यक गृहकार्य सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले अन्यत्र भाइरस नफैलियोस भन्ने उद्देस्यले काम गरीरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ श्रेष्ठले भन्नुभयो, बाहिरबाट आउने यात्रुलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखियो भने सिधै एयरपोर्टबाट अस्पताल पु¥याइनेछ । उहाँले विमानस्थलको थर्मल स्क्यानरमा ज्वरोका बिरामी देखिए एम्बुलेन्स मार्फत अस्पताल पु¥याउने व्यवस्था गरेका छौं,श्रेष्ठले भन्नुभयो,“यसबाहेक एयरपोर्टमा थप स्वास्थ्यकर्मीको व्यवस्था गरेर स्वास्थ्य परीक्षण समेत सुरु गरिएको छ ।”
उहाँले नेपालमा एकजना बाहेक अन्यलाई कोरोना भाइरस नदेखिएको जानकारी दिनुभयो । चारजनाको परीक्षण गरिएकोमा तीनजनाको रिपोर्ट नेगेटिभ आएको छ,प्रवक्ता श्रेष्ठले भन्नुभयो,“अन्यत्र नफैलियोस भनेर गम्भीरताकासाथ काम गरीरहेका छौं ।” चीनमा कोरोना भाइरसका कारण एकसय छ जना व्यक्तिको मृत्यु भइसकेको छ ।
उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण गर्न समेत थालिएको जानकारी दिनुभयो ।
यसअघि नेपालमा आवस्यक केमिकल नहुदा कोरोना भाइरसको आशंकामा परीक्षण गर्न हङकङ पठाइएको थियो । हङकङ पठाइएको व्यक्तिको नमुना कोरोना भाइरस पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?