logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना भाइरसकाे संक्रमण देखिए पनि आतङ्कित हुनुपर्दैन :चिकित्सक

स्वास्थ्य |
राष्ट्रिय |


कोरोना भाइरसकाे संक्रमण देखिए पनि आतङ्कित हुनुपर्दैन :चिकित्सक


सरोज ढुङ्गेल
काठमाडौं, माघ ११ गते । चीनको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आतङ्कित हुनुपर्ने अबस्था नरहेको बताइएको छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले सतर्कता भने अपनाउनुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएकाछन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको जोखिम भयावह हुनाले यसबाट बच्नुपर्ने बताउनुभयो ।
छिमेकी मुलुकमा महामारीको रुप लिएको भन्दै डा. पुनले नेपाल पनि कोरोना भाइरसबाट प्रभावित हुनसक्ने बताउनुभयो । केहीदिन अघि चीनबाट नेपाल आएका एक विद्यार्थीलाई कोरोना भाइरस भएको पुष्टि भएको थियो । उहाँले पशुपन्क्षीबाट कोरोना भाइरस सर्ने हुनाले मासु पकाउँदा राम्रोसँग पकाएर खानुपर्ने बताउनुभयो ।
उहाँलेकोरोना भाइरस पशुमा देखापर्ने भन्दै उक्त भाइसर मानिसमा देखा परेमा समस्या हुने बताउनुभययो । उहाँले नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भएको जानकारी दिनुभयो । उहाँले कोरोना भाईरसको लक्षणमा एक सय चार डिग्रीभन्दा बढी तापक्रम ज्वरो आउने, श्वासप्रस्वासमा समस्या हुने,रुघाखोकी लाग्ने जस्ता लक्षण देखापर्ने बताउनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले पछिल्लो समय देखिएको भाइरस नयाँ प्रजातिको भएको बताउनुभयो । कोरोना भाइरस विशेषगरी पशुमा देखापर्ने उल्लेख गर्दै उहाँले नयाँ देखिएको भाइरसले चीनलगायत युरोप, अमेरीका, थाइल्याण्ड, ताइवान लगायतका देशमा देखिएको जानकारी दिनुभयो ।
कोरोना भाइरसको उपचार गर्न टेकु अस्पताल तयारी अवस्थामा रहेको उहाँको भनाई थियो । उहाँले टेकु अस्पतालले चीनबाट आएका विद्यार्थीकोपनि उपचार गरी पठाएको जानकारी दिनुभयो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये देखि चार प्रतिशतको मृत्यु भएको बताउनुभयो । चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिए पनि अरुमा फैलिनसक्ने सम्भावना कम रहेको बताउनुभयो ।
कोरोना भाइरस नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय सक्षम रहेको उहाँको भनाई छ । उहाँले चीनसँगका नाका तथा त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिन थालेको जानकारी दिनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?