logo
२०८० चैत्र १५ बिहीवार



मुगुमा जीप दुर्घटना हुँदा सातजना घाइते

प्रदेश |


मुगुमा जीप दुर्घटना हुँदा सातजना घाइते


नृपेन्द्र बहादुर मल्ल

मुगु, माघ ३ गते । मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ७ कुलाहामा जीप दुर्घटना हुँदा सात जना शक्त घाइते भएका छन । सोरु गाँउपालिकाको केन्द्र सोरुकोट बाट सोही गाउँपालिका सिपतर्फ आउदैँ गरेको लु १ ज ३९५३ को जीप शुक्रबार दिउसो १ बजे सडकबाट ४५ मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा सोरु गाँउ पालिका गिलाहा गाँउकी दलना बम,बन्जाह गाँउका धर्मबहादुर मल्ल, लिब्रु गाँउकी कमला शाही, नुवाकोट गाँउकी दर्शना देबी शाही ,राष्ट्रिय बाणिज्य बैक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आर्चाय,जुम्ला जिल्लाकी उषा भण्डारी र जिप चालक प्रकाश बस्याल रहेको छन् ।

घाइतेहरुलाई घटना स्थालबाट ट्याक्टरबाट प्राथामिक उपचारका लागी सिप गाँउमा रहेको स्वास्थ्य केन्द्रमा ल्याई उपचार भैरहेको अनमि सरिता शाहीले फोन मार्फत जानकारी गराउनु भएको छ। घाइतेहरुको थप उपचारका लागी जिल्ला सदरमुकाम गमगढीबाट जिल्ला अस्पतालको एम्बुलेन्स पठाईएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले बताउनुभयो ।

घाइते मध्ये कमला शाही बाहेक अरु छ जनालाई गम्भीर चोट लागी रगत बगीरहेको उपचारमा संलग्न स्वास्थ्य कर्मी शाहीले बताएकी छन । जीप दुर्घटना भएको स्थान मुगु जिल्ला सदरमुकाम गमगढी देखी सवारी साधनमा ३ घण्टा सडक दुरीमा रहेको छ । जीप मालिक छायानाथ रारा नगरपालिका वडा नम्बर १ का रमेश कुमार मल्लले जीपको सम्पुर्ण ब्ययभार क्रेताले लिने गरि सोरु गाँउपालिका वडा नम्बर ११ का शैलेन्द्र मल्ललाई केही महिना अगाडी बिक्री गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?