logo
२०७७ असोज ६ मंगलवार

ऐया ! बाथले सतायो

स्वास्थ्य |


2019-12-07-5223


डा. केशव सिग्देल


मासु, जोर्नी तथा तन्तुको दुःखाइ र सुन्निने प्रक्रियालाई बाथरोग भनिन्छ । शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढी सक्रिय हुने प्रक्रियालाई बाथरोग भनिन्छ । खुट्टा,जोर्नी र हातको दुःखाइ बाथ नहुन पनि सक्छ । कतिपय अवस्थामा जोर्नी त्यत्तिकै पनि दुखिरहेको हुन्छ । विभिन्न अध्ययन अनुसन्धानले बाथरोग एक सयभन्दा बढी हुने देखाएको छ । कुनै बाथरोग केही समयपछि दुख्छ र आफैँ सञ्चो हुन्छ । कुनै बाथ लामो समयसम्म दीर्घकालसम्म रहिरहन्छ । सामान्यता नेपालमा रुमटोअथ्राइटिक (आमबाथ), युरिक एसिड, ढाड, मासु, लुपस, नसाको बाथ बढी देखिने गरेको छ । नेपालमा कति जनामा बाथरोग छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन ।
वृद्धावस्थामा हड्डी खिइएर बाथ हुन्छ । उमेर बढ्दै गएपछि मासु कमजोर हुन्छ । जसका कारण घँुडा दुख्ने, मेरुदण्डको हड्डी खिइने हुन्छ,जसलाई डिजेनेरेटिक बाथ भनिन्छ । यो उमेरको वृद्धिसँगै हुने बाथ हो । बाथले हाम्रो शरीरमा भएको तन्तुलाई खान थाल्छ, जसले गर्दा हाड तथा जोर्नी सुन्निने हुन्छ । महिला र पुरुषमा छुट्टाछुट्टै बाथ देखिन्छ । कुनै बाथ महिला र कुनै बाथ पुरुषलाई बढी देखिन्छ । सामान्यतया ढाडको बाथ महिलाको तुलनामा पुरुषलाई बढी देखिन्छ । यो बाथ महिलालाई भन्दा पुरुषलाई १ः४ को अनुपातमा बढी देखिन्छ । लुपस बाथ महिलामा बढी देखापर्छ । महिलामा रुमटोआथ्राइटिक (आमबाथ) र गठिया बाथ बढी देखिन्छ । यो बाथ चारजना महिलालाई हुँदा एकजना पुरुषलाई हुन्छ । सिस्टमिक लुपस नौ जना महिलालाई हुँदा एकजना पुरुषलाई हुन्छ । बाथरोगबारे नेपालमा पर्याप्त अध्ययन अनुसन्धान हुन सकेको छैन । बाथको बारे गहिरो अनुसन्धान हुन जरुरी छ ।
बाथले कुनै मौसमलाई पर्खिदैन । यो जोसुकैलाई जुनसुकै समयमा पनि देखिन सक्छ । तर जाडो महिनामा बाथ भइसकेपछि बाथ रोगीको जोर्नीको तन्तु खुम्चिन्छ । चिसोले यो तन्तुलाई जाम गराउँछ । त्यतिबेला पहिलेको तुलनामा बढेको हो कि भन्ने हुन्छ । बाथ अटो इम्युन सिस्टमसँग सम्बन्धित भएकाले बाथ हुनुका कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन तर वातावरण्ीाय प्रभाव र खानपानमा व्यापक परिवर्तन भएकाले त्यसमा हाम्रो प्रतिरोधात्मक प्रणाली अनियमित हुँदा बाथ हुनसक्छ । गठिया र ढाडको बाथ वंशाणुगत पनि हुनसक्छ  । जस्तै मामा, आमा र बुबालाई गठिया र ढाडको बाथ छ भने बालबालिकामा पनि त्यो हुन्छ । त्यो एचएलए बी २७ भन्ने जीन हुन्छ । यी बाथ त्यही जीनसँग सम्बन्धित हुन्छन् । पछिल्लो समय नेपालमा बाथको स्थिति भयावह छ । सहरका मानिसमा स्वास्थ्य सुविधाको पहुँच हुने भएकोले सहजै उपचार पाउँछन । तर गाउँमा यसको उपचार सहजै पाइने स्थिति छैन । गाउँबाट उपचार गराउन आउने बिरामीले धेरै समस्या लिएर आउनुहुन्छ । समयमै निदान नहुँदा गाउँका बिरामीलाई बाथले बढी असर गरेको पाइएको छ । गाउँमा औषधि आफैँ किनेर खाने गरेको पाइन्छ । औषधि मिलाएर प्रयोग गर्ने हो । आवश्यक मात्रा भन्दा बढी सेवन गर्नुहुँदैन ।
बाथरोगको उपचारका लागि हामीसँग पर्याप्त मात्रामा खाने औषधि छैनन् । अहिले पाँच, छ वटा मात्र खाने औषधि प्रयोगमा छन् । तिनै औषधिलाई चिकित्सकले मिलाएर दिने हो । अहिले बाथको उपचारमा बायोलोजिकल थेरापी प्रयोगमा आएको छ । जुन मानिसको डीएनए प्रविधिबाट बनाइएको हुन्छ । इम्युनोलोजीको असर बुझ्न बायोलोजिकल थेरापी प्रयोग गरिन्छ । यो अलि महङ्गा पनि छ । पाटन अस्पतालले बायोलोजिकल थेरापी दिइरहेको छ । विशेषगरी ढाडको बाथमा एक्जेम्सिया टीएनएम अल्फा इनिभिटर नामक औषधि प्रयोग गरिरहेका छौँ । जुन औषधि पश्चिमा पद्धतिसँग मिल्छ  । यो प्रयोग धेरैजसो ढाडको बाथमा प्रभावकारी देखिएको छ । भारतमा यो सुविधा सजिलो भएकाले बिरामी त्यहाँ पनि जाने गरेका छन् । अहिले नेपालमै हामीले सस्तोमा ल्याएपछि बिरामी यतै आउन थालेका छन् । यो औषधि पहिले धेरै महँगो थियो । यो औषधि बाहिर ४० हजारमा र पाटन अस्पतालबाट २५ हजारमा बित्रीm गरिरहेका छौँ । यो सुईबाट दिइन्छ । यो दुई हप्ताको अन्तरमा लगाइन्छ । त्यसपछि बिरामीको लक्षण हेरेर एक÷दुई महिनाको अन्तरमा लगाइराख्नुपर्ने हुन्छ । कतिपयले क्षयरोग हुने डरले लगाउँदैनन् । हामीले क्षयरोग हुने सम्भावना छ छैन भनेर परीक्षण गरेर मात्र सुरु गर्दछौँ । बाथको प्रकृति हेरेर खाने औषधिको मूल्य भर पर्छ । केही औषधि महँगा छन् भने केही सस्ता पनि छन् । सामान्यतः दैनिक ५० रुपियाँसम्म पर्ने औषधि छन् । लुपसको बिरामी छ भने एउटा ५०० एमजीको ट्याब्लेटको ५५ रुपियाँ पर्छ । एक हजार एमजीको खानुप¥यो भने दैनिक दुईसय रुपियाँ पर्छ ।
ढाडको बाथ
ढाडको बाथ हुँदा छुट्टाछुट्टै अङ्ग दुख्ने गर्दछ । ढाडको बाथ उत्पादनशील युक्त मानिसलाई बढी हुन्छ । १६ देखि ५० वर्षसम्मको उमेर समूहमा यो बढी देखापर्छ । कतिपय अवस्थामा बालबालिकामा पनि यो देखिन सक्छ । यो एचएलए बी– २७ भन्ने जीनसँग सम्बन्धित हुन्छ । एचएलए बी–२७ हुँदँमा बाथ हुन्छ भन्ने होइन । सत्तरी प्रतिशतलाई एचएलए बी छ भने बाथ हुनसक्छ । २० देखि ३० प्रतिशतलाई नहुन पनि सक्छ । कहिलेकाहीँ ढाडको लक्षण नदेखिई आँखा रातो हुन्छ । नुहाएपछि पनि आँखा रातो हुने हुन्छ । आँखा परीक्षण गर्न जाँदा इभाइटिज (भित्रीपत्रमा सङ्क्रमण भएको) हुनसक्छ । अन्य लक्षण नदेखिने भएकोले आँखा रोग विशेषज्ञहरूले हामीकहाँ रिफर गर्नुहुन्छ ।
लक्षण
बिहान उठ्नेबित्तिकै शरीर अररो हुने, सिमेन्टजस्तो जाम हुने, ढाडको बाथमा हिप जोइन्टहरू अत्यधिक दुख्ने र निहुरिन गाह्रो हुन्छ । गठिया बाथ भयो भने हातले सामान्य बिर्को खोल्न पनि सकिँदैन । मुठी खोल्न गाह्रो हुने, एकदुई घण्टासम्म पनि अररो भइराख्ने, घाम लाग्न थालेपछि बिस्तारै सजिलो हुँदँ जान्छ । बेलुका हुन थालेपछि फेरि अररो हुनथाल्छ ।
कतिपय बाथमा लिङ्गमा घाउ हुन्छ । पाँच दिन ज्वरो आउने र ज्यान, कम्मर दुख्न थाल्यो भने त्यसलाई रियाक्टिभ बाथ भन्छौँ । त्यो कुनै भाइरल वा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?