logo
२०७७ असोज ६ मंगलवार

गाँउमा डाक्टर भनेर चिनिन्छन् स्वयंसेवी स्वास्थ्य कार्यकर्ता

स्वास्थ्य |


2019-12-05-5172


केशबराज पौडेल
काठमाडौं,मंङसिर १९ गते । मुगु जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी पुण्यप्रभाको जन्म जुम्लामा भयो । अनमी पढेपछि उहाँको कर्म क्षेत्र बन्यो मुगु । मुगुको जिल्ला अस्पतालमा उहाँले काम सुरु गरेको २० वर्षभयो । यो अवधिमा उहाँले चार हजार महिलालाई सुरक्षित सुत्केरी गराउनुभयो । उहाँ अहिले गाउँमा प्रिय डाक्टर बन्नु भएको छ । उहाँको अध्ययन अनमी मात्रै हो मेडिकल साइन्समा डक्टरेज नगरे पनि उहाँ गाउँलेका लागि डाक्टर नै हो । उहाँ स्वयंसेवी भए पनि बिहान उठेदेखि राती नसुतेसम्म निरन्तर विरामीको सेवामा खटिनु हुन्छ ।
सरकारी स्वास्थ्य सेवा राम्रोसँग प्रवाह हुन नसकेको भनेर आरोप लगाउनेहरूलाई देवकोटाले सरकारी स्वास्थ्य संस्थाबाट निजीको भन्दा प्रभावकारी रुपमा काम गरेको उदाहरण प्रस्तुत गर्नु भएको छ । एक महिनाअघि काठमाडौंमा उत्कृष्ट समाजसेवा गरेको भन्दै इन्ट्रिग्रेटी आइकन उपाधिबाट सम्मान गरियो ।
मुगुबाट देवकोटाले मात्रै हैनन्, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका बडा नं ५ गैरिबिसौना देउपुरको भक्तिकुमारी तिमल्सिना ‘बालकदेखि बृद्धसम्मकै’ प्रिय व्यक्ति हुनुहुन्छ ।
तिमल्सिनाको गाँउभरी न्यायो सत्कार हुन्छ । गाँउकै बुहारी भए पनि सासु ससुरा र गाँउका पुरुषबाट उहाँ कहिल्यै हेपिनु परेको छैन । १८ बर्षदेखि स्वास्थ्य क्षेत्रमा लागेकै कारणले उहाँलाई बालकदेखि बृद्धसम्मका सबैले गाँउभरीको डाक्टरको सम्मान पाउनु भएको छ ।
१८ बर्षदेखि स्वास्थ्य सेवामा खटिदै आउनु भएकी तिमल्सिनालाई गाँउमै काम गर्न सक्ने भन्दै मासिकामा छानेको थियो । शुरुमा काम गर्न गाह्रो भए पनि पछि सबैको सहयोगमा यो अवस्थासम्म आईपुगेको उहाँ सुनाउनु हुन्छ । सूरुमा सुत्केरीको स्वास्थ्यको नियमित चेकजाँच गर्ने, आईरन चक्की खुवाउने नवजात शिशुको हेरचाह गर्ने जिम्मेबारी उहाँले बहन गरिसक्नु भएको छ । उहाँले अहिले स्वास्थ्य केन्द्रले संचालन गरेको बर्थिङ सेन्टरमा नियमित रुपमा संचालन गरिरहनु भएको छ ।
२२ बर्षदेखि स्वास्थ्य स्वयम्सेविका बन्नु भएको धुलिखेल–१२ शंखुपाटीचौर–३ छापकी गायत्री आचार्यले गाँउभरीको टोललाई आफ्नै बनाउनु भएको छ ।
टोलमा कसैलाई समस्या पर्दा रात र दिनसमेत नभनी सेवा गरेकै कारण उहाँ सबैको प्रिय भाउजु समेत बन्नु भएकोछ । गायत्रीको कामबाट पुरै गाँउ सन्तुष्ट छ, गाँउलेलाई स्वास्थ्य सेवा पु¥याउन पाएकोमा उहाँपनि सन्तुष्टनै हुनुहुन्छ ।
पढे लेखेको महिला भनेर २०४९ सालमा आमा समुहले गायत्रीलाई स्वास्थ्य स्वयंसेविकाको रुपमा छानेको थियो । गाँउमा कोही बिरामी भयो र सामान्य औषधि चाहियो भने पनि गाँउदेखि शहरसम्मै सम्झने स्वास्थ्य स्वयंसेविकानै हुन् । काभ्रेको मात्रै नभएर देशभरीका स्वयंसेविकाहरुले नजिकैको स्वास्थ्य संस्था अस्पताल र डाक्टर नभएको गाँउ–ठाँउका लागि अपरिहार्य नै बनेका छन् ।
नेपालमा हाल ५१ हजार ४२० महिला स्वयंसेविकाहरूले सेवा प्रदान गरिरहेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्यसेवा विभागका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिला स्वयंसेविकाहरूले बाल तथा मातृ सेवामा उल्लेख्यनीय योगदान पु¥याएको बताउनुभयो । महिला स्वयसेविकाहरूले मातृ स्वास्थ्य र परिवार स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, राष्ट्रिय कार्यक्रमहरु भिटामिन ए कार्यक्रम र पोलियो थोपा कार्यक्रम महिला स्वयंसेविकाले संचालन गरिरहनु भएको छ ।
पखाला लागेका बालबालिकालाई जीवनजल र जिङ्क चक्की समेत उहाँहरूले उपलब्ध गराउने गर्नु भएको छ । गाउँघरमा संचालन हुने गाउँघर क्लिनिकमा बालबालिकालाई पठाउने र पहिलो पटक स्वास्थ्यचौकीवाट पिल्स लिएकाहरूलाई महिला स्वयसेविकाहरुले उपलब्ध गराउने गर्नुभएको छ ।
महिला स्वयसेविकाहरूले महिलाको स्वास्थ्यसँगै बालबालिकाको ज्यान समेत लिन सक्ने निमोनिया घटाउन श्वास प्रश्वासको मात्रा हेरेर स्वास्थ्यचौकीसम्म पु¥याउनु भएको छ । महिला स्वयसेविकाले नेपालको बाल तथा मातृ मृत्युदर घटाउन उलेख्य योगदान दिनुभएको छ ।


सन् १९९० तिर सफा–स्वच्छ खानेपानीबारे चेतना फैलाउने उदेश्यले बडास्तरमा छनोट थालिएपछि नेपालमा भिटामिन ‘ए’ र पोलियो बिरुद्धको काममा सफलता मिलेको थियो । स्वास्थ्य स्वयसेविकाहरुको पहलमा अहिले गाँउभरीका गर्भवती महिला पत्ता लगाएर तिनीहरुलाई स्वास्थ्य केन्द्रसम्म पु¥याउने अभियानै चलाउनु भएको थियो । गाँउघरमा स्वास्थ्य सेवाका मेरुदण्ड बन्नु भएको उहाँहरूले खासै सहयोग भने राज्यबाट पाउन सक्नु भएको छैन । शिशु स्याहार कार्यक्रममा बच्चाको जन्म वापत चार सय र भिटामिन ए जस्ता कार्यक्रममा भत्ता वापतको दुई सय रुपियाँ हात थापोको भरमा जीवन सर्मपण गर्ने स्वयम्सेविका पनि देशैभरी हुनुहुन्छ । स्वास्थ्य स्वयम्सेविकाहरुको पहलमा मातृ तथा शिशु मृत्युदर कम गराउन निक्कै सहयोगी भएको छ ।
स्वयम्सेविका मात्रै हैनन् स्वास्थ्य केन्द्रमा काम गर्ने माशिका र अनमीको योगदान स्वास्थ्य केन्द्रका प्रमुखहरुको भन्दा कम्तिको छैन । उनीहरूले स्वयम्सेविकाले रिफर गरेर पठाएका बिरामीको आफूले सक्ने उपचार गर्ने र नसके माथिल्लो केन्द्रमा पठाउने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?