logo
२०८१ बैशाख ८ शनिवार



‘होम टू हस्पिटल कार्यक्रम’बाट राहत   

स्वास्थ्य |


‘होम टू हस्पिटल कार्यक्रम’बाट राहत   



धनगढी, मङ्सिर ७ गते । ‘होम टू हस्पिटल’ (घरदेखि अस्पताल) कार्यक्रम कार्यान्वयन गरिएसँगै टीकापुर नगर क्षेत्रमा गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिन सहज भएको छ ।    
    
 टीकापुर नगरपालिका कार्यालयको पहलमा प्रसूति सेवा लिने महिलाको स्वाथ्योपचारलाई लक्षित गरी नगर क्षेत्रमा शुरु गरिएको यो सेवाबाट समयमै प्रसूति तथा उपचार सेवा पाउन सहज भएको हालै सेवा लिनुभएकी टीकापुर वनगाउँकी लक्ष्मीकैली कुश्मीलेले बताउनुभयो ।    
    
 “कार्यक्रमले बेथा लागेका महिलालाई तत्कालै अस्पतालसम्म पुग्न सहज हुँदा राहत महसुस भएको छ”, कुश्मीले भन्नुभयो, “रातिको समयमा प्रसूतिको बेथा लागेका महिलालाई अस्पताल पुग्न सवारीसाधन नभेट्टाउँदा यसअघि कैयौँ महिलाले घरमै बच्चा जन्माउनुपर्ने बाध्यता थियो ।” ‘होम टू हस्पिटल’ कार्यक्रमबाट निःशुल्क सेवा पाउँदा राहत मिलेको दुई दिन अघि टीकापुर अस्पतालमा प्रसूति सेवा लिनुभएकी मीना ठकुल्लाले बताउनुभयो । कार्यक्रमबाट खास गरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई बढी लाभ पुगेको छ ।    
    
 बेथा लागेका महिलालाई सुत्केरी हुन अस्पताल आउन सजिलो होस् र कुनै खाले शारीरिक जोखिम नरहोस् भन्ने उद्देश्यले होम टू हस्पिटल कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कार्यालयका स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले बताउनुभयो । कार्यक्रमअन्तर्गत बेथा लागेका महिलालाई एम्बुलेन्समार्फत तत्काल घरदेखि अस्पतालसम्म निःशुल्करुपमा पु¥याउने गरिन्छ । गएको एक वर्षको अवधिमा नगर क्षेत्रका २७ आमाले सेवा लिइसकेका संयोजक रावलले जानकारी दिनुभयो ।    
    
 बेथा लागेका महिलालाई समयै अस्पताल पु¥याउन नसकेकै कारण विगतका वर्षमा घरमा नै प्रसूति हुनुपर्ने वाद्यताका कारण कतिपयको स्वास्थ्यमा विभिन्न खालको जटिलता देखिने गरेको थियो । “यो कार्यक्रम शुरु भएसँगै सुत्केरी आमाले ज्यान गुमाउनु परेको छैन ।” स्वास्थ्य शाखा संयोजक रावलले भन्नुभयो । नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखालाई नगरपालिकाले उलब्ध गराएको एम्बुलेन्समार्फत यो सेवा सञ्चालन गरिएको हो ।    
    
 नगर क्षेत्रमा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई यो सेवामा समावेश गर्ने प्रयासमा रहेको रेडक्रस सोसाइटी टीकापुर उपशाखाका जगदिश्वर पण्डित बताउनुहुन्छ । नगरपालिका र रेडक्रसबीच भएको द्विपक्षीय सम्झौताबमोजिम बेथा लागेका महिलालाई घरदेखि अस्पतालसम्म पु¥याउने कार्यक्रम कार्यान्वयनमा आएको हो ।    
    
 गर्भवती आमालाई टीकापुर अस्पतालका साथै प्रसूति केन्द्र (बर्थिङ सेन्टर)मा पु¥याइदिएबापत एम्बुलेन्सलाई नगरपालिकाले इन्धनको सहयोग गरिरहेको छ । यस वाहेक एम्बुलेन्स मर्मत, व्यवस्थापन तथा चालकको पारिश्रमिकको व्यवस्था गरिएको छ । यो कार्यक्रम कार्यान्वयनबाट समयमै प्रसूति उपचारको भई मातृ तथा शिशु मृत्यु दर घटाउन मद्दत पुग्न थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?