logo
२०८१ बैशाख १३ बिहीवार



नेत्रज्योति संघमा नयाँ नेतृत्व

स्वास्थ्य |


नेत्रज्योति संघमा नयाँ नेतृत्व


गोरखापत्र समाचारदाता
काठमाडौँ,कात्तिक २४ गते । नेपाल नेत्रज्योति संघको २६ औं अधिवेशनबाट अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित हुनुभएको छ । यस्तै पदेन उपाध्यक्षमा श्यामसुन्दर उदास, श्री रविन्द्रलाल चौधरी, ऋषिराम पौडेल, प्रा.डा दिलबहादुर क्षेत्री, सागरप्रताप राणा, तिलक मल्ल र चक्रबहादुर सिंह निर्वाचित हुनुभएको छ ।
यस्तै १२ सदस्य र दुई महिला सदस्यमा कृष्णकुमार गिरी द्रोणप्रसाद गुरागाई, बिष्णुदत्त जोशी, धनबहादुर बस्नेत, भरतबहादुर चन्द, प्रा.डा.घनश्याम भट्टराई, श्यामकुमार पोखरेल, चिजकुमार मास्के, हरिप्रसाद शर्मा, भागवत राउत, डा गोपालप्रसाद पोखरेल र डा.नन्द श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । दुईजना महिला सदस्यमा भने मञ्जु कण्डेल र भगवती शर्मा निर्वाचित हुनुभएको छ ।
दुई मनोनित सदस्यमा युद्धध्वज सापकोटा र अस्मिका राई निर्वाचित हुनुभएको छ । उपाध्यक्ष, महासचिव, सचिव , कोषाध्यक्ष लगायतका पदाधिकारीको चयन सदस्यमध्येबाट हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?