logo
२०८१ बैशाख १३ बिहीवार



चालीस लाख मानिस मानसिक स्वास्थ्यको समस्याबाट पीडित   

स्वास्थ्य |


चालीस लाख मानिस मानसिक स्वास्थ्यको समस्याबाट पीडित   


क्यानबेरा, कात्तिक १५ गते ।  हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ ।    

यी मानसिक स्वास्थ्यका विरामीहरु उपचार नगराइ बस्ने गरेको रहस्य पनि सो अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले जानकारी दिएका छन् ।    
प्रोडक्टिभीटी कमिसन नामक एक संस्थाको अनुसन्धानबाट मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिए पनि बर्सेनि यति ठूलो संख्याका अष्ट्रेलियालीले उपचार नै नगराएको पाइएको हो ।    

अनुसन्धान अधिकारीहरुका अनुसार अष्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्यको समस्याबाट पीडित छन् ।    
उनीहरुमा कतिपयमा गम्भीर प्रकृतिको मानसिक रोग छ भने केहीमा डिप्रेसन, मानसिक त्रास, चिन्ता लगायतका समस्याहरुबाट पीडित रहेका छन् ।    

यी विरामीहरुमध्ये करिब ३० लाख नागरिक स्वास्थ्य उपचारका लागि पहूँचमा रहने गरेका छन् । उनीहरुलाई उपचारको पहूँच हुने गरेको बताइएको छ ।    
अष्ट्रेलियामा मानसिक स्वास्थ्यको उपचार खर्चमा पनि भारी मात्रामा बृद्धि भइरहेको छ । न्यून स्वास्थ्य बजेटका कारण पनि उपचारको पहूँचसम्म मानिस पुग्न नसकेको उक्त अनुसन्धानबाट पत्ता लागेको छ ।    

अनुसन्धानका अनुसार हरेक दिन कम्तीमा पनि ३४ करोड ५० लाख अमेरिकी डलर बराबरको खर्च मानसिक स्वास्थ्य समस्याको उपचारमा लाग्ने गरेको छ ।    
यो खर्च महंगो भएकोले यहाँको स्वास्थ्य उपचारसम्बन्धी नीतिमा परिमार्जन गर्नुपर्ने सुझाव पनि उक्त अनुसन्धान प्रतिवेदनले दिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?