logo
२०८१ बैशाख १२ बुधवार



डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव   

स्वास्थ्य |


डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव   


अमरगढी, असोज २६ गते । गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला प¥यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का गरिएकाले पनि थप अनुसन्धान गर्न परीक्षण गर्नुपर्ने अवस्था आयो तर ‘विशिष्ट विशेषज्ञ’ सहितको डडेल्धुरा अस्पतालमा परीक्षण गर्ने डाक्टर थिएनन । अस्पतालमा डाक्टर नभएपछि बैतडीबाट डाक्टर वसन्त जोशी गुहारेर परीक्षण गरेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताउनुभयो ।    
    
 दैनिकजस्तो ‘पोष्टमार्टम गर्न चिकित्सकलाई एउटा विशेष तालीमको आवश्यकता हुन्छ । जुन हाल डडेल्धुरा अस्पतालमा कार्यरत एकमात्रै डाक्टर नरेश श्रेष्ठले प्राप्त गरेका छैनन् । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवानै प्रभावित बनेको छ ।” अस्पतालमा अहिले नेपाल सरकारतर्फबाट १०८ को दरबन्दी स्वीकृत भएकोमा ३७ को मात्र पदपूर्ति हुँदा ७१ जनाको पद रिक्त रहेको छ । यस्तै अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत रहेकोमा ३४ जनाको पदपूर्ति भई आठ जनाको पद रिक्त रहेको छ । अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा सात जना कर्मचारी कार्यरत छन् ।    
    
 बीस जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट एकजना गरी करारमा तीन जना मात्र विशेषज्ञ चिकित्सक छन् । त्यस्तै अस्पतालमा १९ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एक जना करारमा गरी जम्मा १० जना मात्र रहेका थिए ।    
    
 त्यसमध्ये छ जना अध्ययन तथा असाधारण बिदामा रहेको अस्पतालले जानकारी दिएको छ । बाँकी रहेका चारमध्ये पनि तीन जनाको समायोजनपछि अस्पतालमा अहिले एक जना मेडिकल अफिसरमात्र रहेको अस्पतालका सूचना अधिकारी पन्त बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?