भविष्यको खाना

स्वास्थ्य |


2019-10-08-2397


डा. स्टुअर्ट फरिमन्ड

हामी सबैले सुनेको कुरा हो भविष्यको आहारामा मासु र दुग्ध वस्तु कम हुने छ तर चिन्ताको कुरा छैन, हामीसँग विशिष्टरूपमा तयार पारिएका खाना, विचित्रका तरकारी र खाना पकाउने रोबोट हुने छन् । हामीसँग पुराना परिकार सकभर हुने छैनन् ।
सन् १९२८ पहिले कसैलाई पनि बबलगमको स्वाद थाहा थिएन । सन् १९३० को दशकको अन्त्यतिर चिस्याइएका क्रिम डिजर्टहरूलाई अमेरिकामा आविष्कार गरिएको नरम आइसक्रिमले विस्थापित गरिदियो । २० वर्षपछि बालबालिकाको मुखै रसाउने पपिङ क्यान्डी बजारमा देखियो । सन् १९९० को दशकको अन्त्यतिर शरीरमा तत्काल स्पूmर्ति ल्याउने भन्दै इनर्जी ड्रिङ्क रेडबुल अवतरित भयो र यसले युवापुस्तामाझ लोकप्रिय हुने समय लगाएन । यसर्थ हामी भन्न सक्छौँ हामीले खाने खाद्यवस्तु सधैँ विकासको क्रममा छ र नयाँ स्वाद लिएर अनेक खाद्यवस्तु समयकालमा हामीसामु आएका छन् । सन् २०२८ सम्म तपाईंले यस्ता खाद्यवस्तुको आशा गर्न सक्नुहुन्छ जुन तपाईंले पहिले अनुभव गरेको हुने छैन ।
आगामी १० वर्षमा व्यक्तिगत पोषणको विकसित भइरहेको क्षेत्रमा व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर स्वस्थ आहारा सुझाव दिनका लागि माथि उल्लेखित अन्तर समाप्त पार्न वैज्ञानिकले वंशाणु परीक्षण गर्नेछन् । न्युट्रिजेनेटिक्स सभिसेस नामका कतिपय तथाकथित कम्पनीले तपाईंको डीएनए परीक्षण शुरु गरी त्यसका आधारमा कस्तो आहारा खाने भनी सुझाव दिन थालिसके । तर ती सुझाव त्यति भरपर्दा छैनन् । सन् २०२८ सम्म हामीसँग आफ्नो वंशाणुका बारेमा अभैm बढी जानकारी हुनेछ र त्यस खालका परीक्षणपश्चात् दिइने सुझाव बढी प्रभावकारी हुने छन् ।
सन् २०२८ सम्म खाद्यवस्तुलाई बढी पोषिलो हुने गरी डिजाइन गरिने छ ।
खाद्यबजारमा ‘प्राकृतिक’ भन्ने यस्तो शब्द हो जो सबै भन्न रुचाउँछन् तर अहिले हामीले उत्पादन गरिरहेका निकै कम वस्तु प्राकृतिक संसारमा पहिले अस्तित्वमा थिए । आज हामीले उपभोग गरेर आनन्द उठाइरहेका फलफूल र तरकारी हजारौँ वर्षदेखि विशिष्ट रूपमा नश्ल सुधार हुँदै आएका हुन्, प्रायः मूल जङ्गली बालीबाट उत्परिवर्तित भएका स्वरूप हामीसामु छन् । शुरुमा गाजर सुन्तला रङको थिएन, ती दुर्बल र सेता थिए, कुनै बेला आरु चेरीजस्ता थिए र तिनको स्वाद नुनिलो थियो । तरभुजा साना, गोलाकार, कडा र तीक्षण स्वादका हुन्थे तथा भाण्टा सेता अण्डाजस्ता देखिन्थे ।
सन् २०२८ सम्म जेनेटिक्स र बायोमोलिक्युलर साइन्सले सन्तुलनमा शुद्धीकरण ल्याउनुपर्छ, जसबाट एक प्रजातिको डीएनए अर्को प्रजातिमा प्रत्यारोपित गर्न सम्भव भएर आवश्यक विशिष्टता हासिल गर्न चयनात्मक नश्लका लागि पुस्तौँपुस्ता लाग्ने अवस्थाको अन्त्य होस् ।
गत वर्ष अस्ट्रेलियाका अनुसन्धानकर्ताले उच्च मात्रामा प्रोभिटामिन ए भएको केरा बनाए, यो महìवपूर्ण पोषक तत्व फलफूलहरूमा सामान्यतया पाइँदैन । यो केरा बनाउन अनुसन्धान टोलीले पपुवा न्युगिनीको विशेष प्रकारको केरा, जसमा प्रोभिटामिन ए धेरै हुन्छ, बाट जिनहरू झिकेर सामान्य खालको केरामा हालेको थियो ।
अभैm विवादास्पद काम भएको छ । पूर्णतया फरक प्रजातिबाट डीएनए अर्को प्रजातिमा हालेर नयाँ प्रजाति बनाइएको छ, जुन प्रकृतिको छनोट प्रक्रियाको सिद्धान्तबाट कहिल्यै हुँदैन । ब्याक्टेरियाबाट लिइएको विशिष्ट गुणलाई मकैको डीएनएमा हालेर महìवपूर्ण पोषक तत्व मेथियोनाइन उत्पादन गर्ने मकै बनाइएको छ । यति मात्र होइन कुनै प्रजातिको जेनेटिक कोड नै सम्पादन गरेर त्यसलाई विशिष्टिकृत गर्ने काम समेत भएका छन् । उदाहरणका लागि सन् २००८ मा अनुसन्धान टोलीले यस्तो गाजर बनाएको थियो, जसले हाम्रो शरीरमा क्याल्सियम अवशोषण गर्ने क्षमता बढाउँथ्यो । यता सयौँ उदाहरण छन् । आलु, मकै र धानलाई अधिक प्रोटिनयुक्त बनाइएको छ । तिनमा अधिक मात्रामा ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पाइने भएको छ । अधिक एन्टिअक्सिडेन्ट पाइने टमाटर बनाइएका छन् ।
विशेष गरेर डीएनए सम्पादन गर्ने विधि ऋच्क्ष्क्एच्(ऋबकढ ले आगामी १० वर्षमा सम्भवतः हामीले नसोचेको बाली विकास गर्नेछ । यस विधिले वनस्पतिको वंशाणुमा असाधारण रूपमा हेरफेर गर्न सकिन्छ । हामी भन्न सक्छौँ स्याउमा आँपको स्वाद भोलिका दिनमा लिन सकिने छ ।

सन् २०२८ मा तपाईंले पहिले स्वाद नपाएका खाद्यवस्तु हुने छन् ।
खाद्यवस्तु उत्पादकले नौला उत्पादन बजारमा ल्याउने क्रममा नयाँ स्वादसँग पनि तपाईं हाम्रो जिब्रो परिचित हुँदै गएको छ । विश्वका प्रतिभाशालीहरूको आकर्षणको केन्द्र सिलिकन भ्याली अहिले खाद्यवस्तु नवप्रवर्तनमा समेत विश्वको केन्द्र बनेको छ । असम्भव ठानिएका खाद्यवस्तु त्यहाँ बनाइँदै छन् । मासुमुक्त यस्तो बर्गर बनाइएको छ, जसलाई प्यानमा तताउन सकिन्छ र त्यसको स्वाद मासुको जस्तो हुन्छ । गहुँको प्रोटिन, नरिवलको तेल, आलुको प्रोटिन र स्वादले वातावरणमैत्री प्याटिज बनाइएको छ । यसमा प्रयुक्त अवयव भनेको हिम हो, अक्सिजन बोक्ने यस तत्वले मासु र रगतको जस्तो बनाउने गर्छ । स्वाद पनि मासुको जस्तै ल्याउँछ तर वनस्पतिबाट फर्मन्टेसन विधिद्वारा हिम उत्पादन गरिन्छ ।
असामान्य प्रशोधित खाद्यवस्तुले आगामी वर्षमा बजारमा ठूलो हिस्सा ओगट्ने छन् । खान मिल्ने स्प्रे पेन्ट, काइलेउले बनाइएको प्रोटिनयुक्त चकलेट, फोहोर पानीले बनाइएको बियर तथा हिक्का रोक्ने ललिपप समेत तपाईंको अगाडि हुने छ । सुपरमार्केट अस्तित्वमा रहिरहे भने भोलि त्यहाँ के पाइने हो हामी यकिनसाथ भन्न सक्ने अवस्थामा छैनौँ किनभने बहुराष्ट्रिय खाद्य कम्पनीहरू जसरी रहस्यात्मक कार्य गरिरहेका छन् त्यसलाई हेर्दा भविष्यमा यस्तै खालको खाद्यवस्तु आउँछ भन्न सकिन्न तर हामीलाई थाहा छ, हामी भन्न सक्छाँै गर्मीमा नपग्लिने आइसक्रिम र चकलेट पक्कै पनि विकासको क्रममा छन् ।
सन् २०२८ को पाकशाला पुस्तकमा विभिन्न खालका नौला परिकारको जानकारी दिइएको हुने छ । इन्टरनेसनल सोसाइटी अफ न्युरोगास्ट्रोनोमीका अनुसन्धानकर्ताले यस्तो खालको यौगिक तयार पारेका थिए जसले स्वाद लिने क्षमता गुमाएका मानिसलाई स्वाद र सुगन्धको अनुभूति दिलाएको थियो ।
सम्भवतः आहारा उपभोगलाई अविस्मरणीय बनाउन वैज्ञानिकले गरिरहेको असाधारण प्रयास भनेको ‘दिमागमै नियन्त्रण’ बनाउनु हुन सक्छ । डिफेन्स एड्भान्स रिसर्च प्रोजेक्ट एजेन्सीले प्रत्यारोपण गर्न मिल्ने ‘न्युरल इन्टरफेसेस’ बनाइरहेको छ । जसले उच्च रिज्युलेसनको श्रव्यदृश्य सूचना सम्प्रेषित गरेर मानव इन्द्रियहरूलाई उत्प्रेरित गर्ने छ तथा सुगन्ध र स्वादको सन्देश सोभैm दिमागलाई दिने छ ।

– साइन्सफोकस डटकमबाट अनुवादित र सम्पादित

 

सन् २०२८ मा तपाईंको जिनोमअनुरूप खाना हुने छ ।

आज हामीलाई थाहा छ स्वस्थ खाना हाम्रो शरीरलाई तन्दुरुस्त राख्न जरुरी छ । स्वस्थ खाना र शरीरबीचको सम्बन्धलाई सर्वप्रथम सन् १८०० को मध्यमा स्कटल्याण्डका सर्जन डा. जोसेफ लिन्डले स्थापित गरेका थिए । सबैभन्दा पहिले नियन्त्रित क्लिनिकल परीक्षण गर्ने श्रेष्य पनि उनलाई दिइएको छ । उनको अध्ययनले के देखाएको थियो भने सिट्रस फ्रुट्स (अमिला फलफूल)ले नावीकहरूलाई स्कर्भी रोगबाट जोगाउँछ । ऐतिहासिक खोजले नावीकहरूको खानामा कागती अनिवार्य हुन गयो र त्यसबाट स्वस्थकर खाद्यवस्तुले धेरैको जीवन जोगाउन सकिने देखियो ।
अहिलेका दिनमा हाम्रो सबैखाले खानलाई विज्ञानले विश्लेषण गरेको छ तर पनि हामी अज्ञानतामै रहेको महसुस गर्छौं । आधिकारिक सुझावअनुसार नै खाना खाए पनि स्वस्थ खाद्यवस्तुले सबै मानिसमा समान खालको प्रभाव चाहिँ पार्दैन । कसैलाई त्यस खाद्यवस्तुले आनन्दित तुल्याउला त कसैलाई त्यसले अजीर्ण गराउने र थकान लगाउने हुनसक्छ । सन् २०१५ मा इजरायलका वैज्ञानिकको एक टोलीले कैयौँ दिनसम्म ८०० जना मानिसको रगतमा ग्लुकोजको मात्रा मापन गर्दा विशिष्ट खाद्यवस्तुसँग मानिसको शरीरले देखाउने जैविकीय प्रतिक्रिया व्यक्तिपिच्छे फरक देखियो । गुलियो आइसक्रिम खाँदा केही व्यक्तिको रगतमा ग्लुकोजको मात्रा एकाएक शिखर चढ्ने देखिएको थियो त कसैको ग्लुकोज स्टार्च भएको भात खाँदा मात्र बढ्ने देखियो ।  

युवामञ्च असोज २०७६ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?