logo
२०८१ बैशाख १३ बिहीवार



एमबाप्पे र नेयमार चम्किएपछि पीएसजी विजयी

फुटबल |
खेलकुद |


एमबाप्पे र नेयमार चम्किएपछि पीएसजी विजयी


काठमाडौँ, फाल्गुन ३० गते । स्टार खेलाडीद्वय केलियन एमबाप्पे र नेयमार चम्किएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेलिगेसनमा रहेको बोर्डेअक्समाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई ३–० गोलले हरायो ।

पीएसजीको जितमा एमबाप्पे र नेयमारसँगै अर्को गोल लियान्द्रो ड्यानियल पारेडेसले गर्नुभयो । एम्बाप्पेले २४औँ, नेयमारले ५२औँ र पारेडेसले ६१औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै पीएसजीले शीर्षस्थानमा १५ अंकको अग्रता लिएको छ । पीएसजीको २८ खेलबाट ६५ अंक पुगेको छ ।

दोस्रो स्थानमा रहेको मार्सेली र तेस्रो स्थानमा रहेको निसको समान ५० अंक छ । समान खेलबाटै मार्से र निसको ५० अंक छ । पराजित बोर्डेअक्स २२ अंक सहित अन्तिममा छ । आइतबार रातिनै भएको खेलमा मार्सेलीले ब्रेस्टलाई ४–१ गोलले पराजित गरेको थियो । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?