logo
२०८० चैत्र १६ शुक्रवार



मेस्सी चम्किएपछि पीएसजीको सानदार जित

फुटबल |
खेलकुद |


मेस्सी चम्किएपछि पीएसजीको सानदार जित


काठमाडौँ, माघ २४ गते । सुपर स्टार लियोनल मेस्सी चम्किएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिलेमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलेलाई उसैको मैदानमा ५–१ गोलले हरायो ।

पीएसजीको जितमा ड्यानिलो पेरेइराले दुई गोल गर्नुभयो । प्रेसनेल किमपेम्वे, लियोनल मेस्सी र केलियन एमबाप्पेले एक एक गोल गर्नुभयो । लिलेका स्भेन बोटमानले सान्त्वना गोल फर्काउनुभयो ।
पीएसजीले १०औँ मिनेटमा ड्यानिलो पेरेइराको गोलबाट अग्रता लिएको थियो । २८औँ मिनेटमा लिलेका स्भेन बोटमानले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि ३२औँ मिनेटमा प्रेसनेल किमपेम्वेले मेस्सीको पासमा गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाउनुभयो । ३८औँ मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा थप बलियो बनाउनुभयो । ५१औँ मिनेटमा पेरेइराले व्यक्तिगत दोस्रो गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराउनुभयो । ६७औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले फराकिलो जित नकालेको थियो ।

जितसँगै शीर्षटोली पीएसजीले शीर्षस्थानमा १३ अङ्कको अग्रता बनाएको छ । पीएसजीको २३ खेलबाट ५६ अङ्क पुगेको छ । पराजित लिले ३२ अङ्कसहित ११औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ४३ अङ्क छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?