logo
२०८० चैत्र १५ बिहीवार



अख्तियारद्वारा हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

फुटबल |
खेलकुद |


अख्तियारद्वारा हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
फाइल तस्बिर


काठमाडौँ, माघ १२ गते । नेपाली राष्ट्रिय फुटबल टोलीमा पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।

हाल अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभागका प्रमुख समेत रहनुभएका खड्कामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । नेपाल प्रहरीको जागिर खान नक्कली शैक्षिक योग्यता देखाएर नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफूसमेतलाई लाभ हुने बदनियत राखेको कसुरमा खड्का दोषी ठहर भएको अख्तियारको दावी छ ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा खड्कामाथि बुधबारनै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख गरिएको छ । नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक खड्का नेपालका सर्वाधिक गोल कर्ता समेत हुनुहुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?