logo
२०८१ बैशाख १३ बिहीवार



नेपाल सुपर लिग फुटबल चैतमा

फुटबल |
खेलकुद |


नेपाल सुपर लिग फुटबल चैतमा


काठमाडौँ, माघ १२ गते । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल ‘नेपाल सुपर लिग (एनएसएल)’ चैतमा हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले बुधबार प्रेश विज्ञप्ति जारी गर्दै लिग चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो । लिगमा यसपटक १० टोलीको सहभागिता रहने बताीइएको छ ।

पहिलो संस्करणमा सात टोलीको सहभागिता रहेकोमा यसपटक तीन टोली थप गरिएको हो । यसपटक पहिलो चरणको खेल पोखरा र दोस्रो चरणको खेल काठमाडौँमा सञ्चालन गरिने पनि आयोजकले जनाएको छ ।

विभिन्न कर्पोरेट हाउसको प्रतिनिधित्व रहने यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौँ रेजर्सले जितेको थियो । फाइनलमा काठमाडौँले धनगढी सिटी एफसीलाई १–० गोलले पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?