logo
२०८१ बैशाख १३ बिहीवार



प्रदीप हुमागाई फिलाडेल्फियाको प्रशिक्षक नियुक्त

फुटबल |
खेलकुद |


प्रदीप हुमागाई फिलाडेल्फियाको प्रशिक्षक नियुक्त


काठमाडौँ, माघ ११ गते । नेपालका प्रदीप हुमागाई अमेरिकाको फिलाडेल्फिया युनियन फुटबल क्लबको युथ टिमको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । फिलाडेल्फिया युनियनका युवा प्राविधिक निर्देशक एन्थोनी फ्लोरेसले हुमागाईलाई युट टिमको प्रशिक्षकमा अनुबन्ध गर्नुभएको हो ।

हुमागाईलाई फिलाडेल्फियाले गत डिसेम्बर २१ तारिखदेखि नै लागु हुनेगरी पार्टटाइम प्रशिक्षकमा नियुक्त गरेको हो । हुमागाई पेन्सिलभेनियाको स्ट्रर्सबर्गमा रहेको किस्टोन एथलेटिक्स एकेडेमीको टेक्निकल डाइरेक्टर पनि हुनुहुन्छ । उहाँ सन् २०१४ मा किस्टोन एथलेटिक्समा अनुबन्ध हुनुभएको थियो ।

सन् २००८ मा स्थापना भएको फिलाडेल्फिया युनियन अमेरिकाको पूर्वी क्षेत्रको सदस्यको रूपमा मेजर लिग सकरमा प्रतिस्पर्धा गर्छ । एएफसी ए लाइसेन्स प्राप्त हुमागाईले नेपालमा थ्रीस्टारलाई शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाइसक्नुभएको छ । उहाँ गत सिजनको नेपाल सुपर लिग फ्रेन्चाइज फुटबलमा ललितपुरको प्रशिक्षक पनि हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?