logo
२०८१ बैशाख ८ शनिवार



मोरिसस फुटबल टोली काठमाडौँमा

फुटबल |
खेलकुद |


मोरिसस फुटबल टोली काठमाडौँमा


काठमाडौँ, माघ १० गते । नेपालसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न अफ्रिकी टोली मोरिसस सोमबार काठमाडौँ आईपुगेको छ । मोरिसस टोलीलाई त्रिभुवन विमान स्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायत पदाधिकारीले स्वागत गर्नुभयो ।

नेपाल र मोरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । मोरिसससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली अहिले प्रशिक्षणमा ब्यस्त छ । प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेत समावेश गरि ३५ जना खेलाडीलाई बन्द प्रशिक्षण गराईरहनु भएको छ ।

नेपाल र मोरिससबीचको दुवै खेललाई विश्व फुटबल महासंघ (फिफा) ले अन्तर्राष्ट्रिय ‘म्याच क्यालेन्डर’मा समावेश गर्ने समेत एन्फाले जनाएको छ । अफ्रिकी देश मोरिसस फिफा वरियतामा एक सय ७२औँ स्थानमा छ । नेपाल एक सय ६९औँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?