logo
२०८१ बैशाख ८ शनिवार



साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

फुटबल |
खेलकुद |


साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा


पोखरा, माघ १० गते । मच्छिन्द्र क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा मच्छिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोलले हरायो ।

मछिन्द्रको जितमा मेसुके ओलोमोउले दुई गोल गगर्नुभयो । उत्सव राई र अविशेक गुरुङले एक एक गोल गर्नुभएको थियो । संकटाका गणेश हमालले सान्त्वना गोल फर्काउनुभयो । मच्छिन्द्रले १२औँ मिनेटमा उत्सव राईको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि ४७औँ मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाउनुभयो । ६३औँ मिनेटमा गणेशले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । अविशेकले ८४औँ र मेसुकेले ८६औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई फराकिलो जित दिलाउनुभयो । मच्छिन्द्रले सेमिफाइनलमा एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपियाँ प्राप्त गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?