logo
२०८१ बैशाख ५ बुधवार



नालीमा परेर गैँडा मर्‍यो

खुला |


नालीमा परेर गैँडा मर्‍यो
तस्बिर सामाजिक सञ्जाल ।


चितव, माघ ९ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आइतबार दिउँसो करिब ३:३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अन्दाजी ८–१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?