logo
२०८१ बैशाख ११ मंगलवार



आहा रारा गोल्ड कप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

फुटबल |
खेलकुद |


आहा रारा गोल्ड कप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा
तस्बिर रासस


पोखरा, माघ ९ गते । मनाङ मर्स्याङ्दी क्लब २०औँ संस्करणको ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई २–० गोलले हरायो ।

मनाङको जितमा रुपेश केसी र नाइजेरियन स्ट्राइकर ओलावाले आफिजले गोल गर्नुभयो । पहिलो हाफमा मनाङलाई रोकेको पुलिसले दोस्रो हाफमा खासै प्रभाव जमाउन सकेन ।

मनाङले ६४औँ मिनेटमा रुपेशले ओलावालेको पासमा गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाउनुभयो । त्यसपछि ओलावालेले ८७औँ मिनेटमा पुलिसका रक्षकलाई विटगर्दै मनाईलाई जिताउनुभयो । ‘म्यान अफ दि म्याच’ घोषित ओलावालेले आठ हजार रुपियाँ पुरस्कार पनि पाउनुभयो ।

सेमिफाइनलमा मनाङले त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत सोमबार साविक विजेता संकटा र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टोलीले सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार रुपियाँ पुरस्कार पाउनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?