logo
२०८१ बैशाख १३ बिहीवार



मोरिसस टोली सोमबार नेपाल आउँदै

फुटबल |
खेलकुद |


मोरिसस टोली सोमबार नेपाल आउँदै


काठमाडौँ, माघ ९ गते । नेपालसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न अफ्रिकी टोली मरिसस सोमबार काठमाडौँ आउँदैछ । शनिबार नेपाल भ्रमणमा निस्किएको मोरिसस टोली सोमबार विहान ११ः१५ बजे काठमाडौँ आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल र मोरिससबीचको मैत्रीपूर्ण खेल माघ १५ र १८ गते दशरथ रंगशालामा हुनेछ । मोरिसससँगको खेलमा लागि नेपाली टोली अहिले प्रशिक्षणमा ब्यस्त छ । प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेत समावेश गरि ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ ।

प्रशिक्षणमा रहेका खेलाडीबाट केही दिनमै अन्तिम टोलीको घोषणा गरिने बताईएको छ । नेपाल र मोरिससबीचको दुवै खेललाई विश्व फुटबल महासंघ (फिफा) ले अन्तर्राष्ट्रिय ‘म्याच क्यालेन्डर’मा समावेश गर्ने समेत एन्फाले जनाएको छ । अफ्रिकी देश मोरिसस फिफा वरियतामा एक सय ७२औँ स्थानमा छ । नेपाल एक सय ६९औँ स्थानमा छ ।

नेपालले यसअघि माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको तयारीका लागि गत भदौमा दशरथ रंगशालामा भारतसँग दुई वटा मूत्रीपूर्ण फुटबल खेलेको थियो । पहिलो खेलमा भारतलाई १–१ गोलको बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा भारतसँग २–१ गोलले पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?