logo
२०८० चैत्र १६ शुक्रवार



स्पेनिस ला लिगा : रियल बेटिसको सहज जित

फुटबल |
खेलकुद |


स्पेनिस ला लिगा : रियल बेटिसको सहज जित


काठमाडौँ, माघ ५ गते । स्पेनिस ला लिगाको तेस्रो स्थानमा रहेको रियल बेटिसले रेलिगेसनको दबाबमा रहेको अलाभेसमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बेटिसले अलाभेसलाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा बेटिसलाई जिताउन बोर्जा इग्लेसियस दुई तथा सर्जिओ कानालेस र जुआनमीले गोल गर्नुभयो । बोर्जले ११औँ र ४१औँ मिनेटमा गोल गर्नुभएको थियो । सर्जिओले २९औँ र जुआनमीले ५४औँ मिनेटमा गोल गर्दै बेटिसलाई सानदार जित दिलाउनुभयो । बेटिसका सर्जिओ कानालेस ‘म्यान अफ दि म्याच’ हुनुभयो ।

जितसँगै बेटिसले २१ खेलबाट ३७ अंक बनाएको छ । पराजित अलाभेस १७ अंकसहित १८औँं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४९ अंक छ । एक खेल कम खेलेको सेभिया ४४ अंक सहित दोस्रो स्थानमा छ । मंगलबार रातिनै भएको अर्को खेलमा मध्यम टोली स्पान्योल रेलिगेसनमा रहेको काडिजसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा स्पान्योलका लागि मनु मोर्लानेस १०औँ मिनेटमा खाता खोल्नुभयो । त्यसपछि घरेलु टोली काडिजका अल्भारो नेग्रेडोले ५४औँ मिनेटमा बराबरी गोल फर्काउनु भएको थियो । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा इभान अलेजोले गोल गर्दै काडिजलाई अग्रता दिलाउनुभयो ।

तर, इन्जुरी समयकै अन्तिममा स्पान्योलका राउल डे टोमसले गोल गर्दै टोलीलाई हारबाट जोगाएउनु भएको थियो । बराबरीसँगै २१ खेलबाट २७ अंक बनाएको स्पान्योल ११औँ स्थानमा छ । समान खेलबाट १५ अंक बनाएको काडिज १९औँ स्थानमा छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?