logo
२०८१ बैशाख १२ बुधवार



ब्राइटनसँग बराबरीका रोकियो चेल्सी

फुटबल |
खेलकुद |


ब्राइटनसँग बराबरीका रोकियो चेल्सी


काठमाडौँ, माघ ५ गते । इङ्लिस प्रिमियर लिगको बलियो टोली चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सीका लागि हाकिम जियाचले गोल गर्नुभयो । घरेलु टोलीका ब्राइटनका एडाम वेवस्टेरले बराबरी गोल फर्काउनुभयो । २८औँ मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाउनु भएको थियो ।
६०औँ मिनेटमा एडामले एलेक्सिस म्याक एलिस्टेरको पासमा हेडगोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा खेल बराबरीमा सकियो ।

बराबरीसँगै चेल्सीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चेल्सीको २३ खेलबाट ४४ अंक छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ५६ अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ४५ अंक छ । चेल्सीलाई रोकेको ब्राइटन २९ अंक सहित नवौँ स्थानमा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?